default_image

5 years ago

October 22, 2020

कोमान चम्कँदा बायर्नको सानदार सुरुवात

168 views

0 Bookmark

एजेन्सी – डिफेन्डिङ च्याम्पियन जर्मन क्लब बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगमा सानदार सुरुवात गरेको छ । बायर्नले घरेलु मैदानमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमाथि ४–० को सानदार जितसहित सुखद सुरुवात गरेको हो ।

एलिएन्ज एरिनामा बुधबार राति भएको खेलमा घरेलु टोलीको सानदार जितमा किङ्सले कोमानले दुई तथा लियोन गोरेट्जका र कोरेन्टिन टोलिसोले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान २–२ गोल भएको थियो ।

एकपक्षीय बनेको खेलको २८औं मिनेटमा किङ्सले कोमानको गोलबाट बायर्नले खेलमा अग्रता लिएको थियो । उनले योसुवा किम्मिखको पासलाई पेनाल्टी बक्समा उत्कृष्ट नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए । त्यसअघि २७औं मिनेटमा यान्निक कारास्कोको पासमा लुइस सुआरेजको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा एट्लेटिको अग्रता लिनबाट चुकेको थियो ।

४१औं मिनेटमा लियोन गोरेट्जकाले कोमानको पासमा गोल गर्दै बायर्नलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ४५औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको हेडर पोस्टबाट थोरै बाहिरियो । ४७औं मिनेटमा जोआओ फेलिक्सले गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा एट्लेटिको बराबरीबाट चुक्यो ।

६४औं मिनेटमा फेलिक्सको पासमा कारास्कोको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ६६औं मिनेटमा कोरेन्टिन टोलिसोले गोल गर्दै बायर्नलाई ३–० ले अघि बढाए । योसुवा किम्मिखको फ्रिकिक रिवाउन्ड भएर आएको बललाई उनले दर्शनीय गोल गरेका थिए ।

७२औं मिनेटमा कोमानले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ४–० को सानदार जित दिलाए । उनले थोमस मुलरको पासमा मैदानको मध्यभागबाट बल एक्लै अघि बढाउदै दुई डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट फिनिस गरेका थिए ।

यही समूह ‘ए’ को खेलमा अष्ट्रियन क्लब साल्जवर्ग र रसियन क्लब लोकोमोटिभ मस्कोले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यससँगै बायर्न ३ अंक जोडेर शीर्षस्थानमा रहँदा लोकोमोटिभ एक अंकसहित दोस्रो तथा साल्जवर्ग तेस्रो स्थानमा रहेको छ । एट्लेटिको पुछारमा रहेको छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.