5 years ago
October 22, 2020
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा पोर्चुगिज क्लब एफसी पोर्टाेमाथि सहज जित हात पारेको छ ।

सिटीले एक गोलले पछि परेको स्थितिमा ३–१ को पूनरागमन जित हात पारेको हो । सिटीको जितमा सर्जियो अगुइरो, इल्काए गुन्डोगान र फेरान टोरेसले गोल गरे । पोर्टाेका लुइस डियाजले गरेको गोल सान्त्वना बन्यो ।
इतिहाद स्टेडियममा बुधबार राति भएको खेलमा पोर्टाेले खेलको १४औं मिनेटमा लुइस डियाजको गोलबाट अग्रता लिएको थियो । उनले मेटअस युरिवेको पासमा मैदानको मध्यभागबाट बल अघि बढाउदै ५ डिफेन्डरलाई छलाउदै उत्कृयष्ट फिनिस गरेका थिए ।

२०औं मिनेटमा अगुइरोको पेनाल्टी गोलमार्फत सिटी खेलमा फर्कियो । पेपेले रहिम स्ट्रलिङलाई पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले भिएआरको सहायता लिदै सिटीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा अगुइरो चुकेनन् । २२औं मिनेटमा युरिवे चुक्दा पोर्टाेले पुनः अग्रता लिने अवसर गुमायो ।
६५औं मिनेटमा इल्काए गुन्डोगानले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । ७३औं मिनेटमा फेरान टोरेसले फिल फोडेनको पासमा गोल गर्दै सिटीलाई ३–१ को सहज जित दिलाए ।
यही समूह ‘सी’ को अर्काे खेलमा ग्रीसको क्लब ओलम्पियाकोसले फ्रेन्च क्लब मार्सेमाथि १–० को जित निकालेको छ । ओलम्पियाकोसको जितमा एकमेद हसान कोकाले इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा गोल गरेका थिए ।
यो नतिजासँगै म्यानचेस्टर सिटी ३ अंक जोडेर शीर्षस्थानमा रहँदा ओलम्पियाकोसको पनि ३ अंक नै रहेपनि दोस्रो स्थानमा रहेको छ । मार्से तेस्रो स्थानमा तथा पोर्टाे पुछारमा रहेको छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]