5 years ago
October 22, 2020
एजेन्सी – आत्मघाती गोल निर्णायक बन्दा इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा डच क्लब आयाक्समाथि उसकै मैदानमा १–० को झिनो जित निकाल्दै विजयी शुरुवात गरेको छ ।

योहान क्रुएफ एरिनामा बुधबार राति भएको खेलको ३५औं मिनेटमा निकोलस ट्याग्लियफिकोले गरेको आत्मघाती गोल नै लिभरपुलको जितमा निर्णायक बन्यो । घरेलु टोलीविरुद्ध लिभरपुलले खेलको सुरुवात देखि नै दवाव झेलेको थियो ।
३३औं मिनेटमा निकोलस ट्याग्लियाफिकोको क्रसमा क्विन्सी प्रोमिसले टच गर्दे दिएको पासलाई डेभिड नेरेसको प्रहारलाई लिभरपुलका गोलरक्षक एड्रियले बचाए । ३५औं मिनेटमा ट्याग्लियफिकोले आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा १–० को अग्रता लियो ।
४४औं मिनेटमा डाले ब्लिन्डको पासमा डुसान टाडिकको वान भर्सेस वानक अवस्थामा गरेको चिप प्रहारलाई फाविन्होले गोललाइनबाट क्लियर गर्दै बराबरी टारे । ४६औं मिनेटमा डाभी क्लासेनको प्रहार पोस्टमा लागेर बाहिरिदा आयाक्स पुनः बराबरीबाट चुक्यो ।

५७औं मिनेटमा एन्ड्रिउ रोबर्टसनको कर्नरमा फविन्होको हेडर पोस्ट नजिकैबाट बाहिरियो । ५८औं मिनेटमा काउन्टर अट्याकमा माजराओइको पासमा प्रोमिसले गरेको प्रहारलाई गोलरक्षक एड्रियनले बचाए ।
अग्रपङ्तिमा निकै फितलो देखिएपछि प्रशिक्षक योर्गेने क्लोपले एकैपटक तीन फरवार्ड साडियो माने, मोहम्मद सलाह र रोबर्टाे फिर्मिन्होलाई निकाल्दै डिएगो जोटा, जद्रान शाकिरी र टाकुमी मिनामिनोलाई मैदान पठाएको थियो ।
७०औं मिनेटमा मिनामिनोको प्रहारलाई आयाक्सका गोलरक्षक ओनानाले बचाए । ७२औं मिनेटमा पेर स्चर्सको प्रहार क्रसबारमा लाग्दै बाहिरियो । ७३औं मिनेटमा एलेक्सान्डर अर्नाेल्डको क्रसलाई जर्जिन्हो वाइनाल्डमले सदुपयोग गर्न सकेनन् ।
इन्ज्युरी समयमा गोलरक्षक एन्ड्रे ओनानाले डिएगो जोटा र मिनामिनोको दुई प्रहारलाई बचाए । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल १–० ले विजयी हुन सफल भयो ।
यही समूह ‘डी’ को अर्काे खेलमा इटालियन क्लब एटलान्टाले डेनिस क्लब मिट्जिल्यान्डमाथि उसकै मैदानमा ४–० को सहज जित हात पारेको छ । एटलान्टाको जितमा डुभान जापटा, एलेजान्द्रो गोमेज, लुइस मुरेल र एलेक्से मिरानचुकले गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।
यो नजितासँगै यो समूहमा एटलान्टा शीर्षस्थानमा तथा लिभरपुल दोस्रो स्थानमा रहेको छ । आयाक्स दोस्रो तथा मिट्जिल्यान्ड पुछारमा रहेको छ ।
अन्य नतिजा
समूह ‘ए’
साल्जवर्गविरुद्ध लोकोमोटिभ (२–२), बायर्न म्युनिखविरुद्ध एट्लेटिको म्याड्रिड (४–०)
समूह ‘बी’
रियल म्याड्रिडविरुद्ध साख्तर डोनेक्स (२–३), इन्टर मिलानविरुद्ध बोरुसिया मोन्चेनग्लाडवाक (२–२)
समूह ‘सी’
म्यानचेस्टर सिटीविरुद्ध एफसी पोर्टाे (३–१), ओलम्पियाकोसविरुद्ध मार्से (१–०)
समूह ‘डी’
आयाक्सविरुद्ध लिभरपुल (०–१), मिट्जिल्यान्डविरुद्ध एटलान्टा (०–४)
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]