default_image

5 years ago

October 22, 2020

लुकाकुले इन्टरलाई हारबाट जोगाए

155 views

0 Bookmark

एजेन्सी – अन्तिम समयमा बेल्जियन फरवार्ड रोमेलु लुकाकुले गोल गर्दै इटालियन क्लब इन्टर मिलानलाई युइएफए च्याम्पियन्स लिगमा हारबाट जोगाएका छन् ।

घरेलु मैदानमा हारतर्फ उन्मुख इन्टरले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाकसँग २–२ गोलको बराबरी खेलेको हो । इन्टरको लागि दुवै गोल रोमेलु लुकाकुले गरे । मोन्चेनग्लाडवाकका रामी बेन्सेबैनी र जोनास होफमनले गोल गरेपनि जित निकाल्न सकेन ।

मिलानो इटालीमा बुधबार राति भएको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा घरेलु टोलीले अग्रता लिएपनि जोगाउन नसक्दा हारतर्फ उन्मुख भएको थियो । ४९औं मिनेटमा लुकाकुको गोलबाट इन्टरले खेलमा अग्रता लिएको थियो । ६३औं मिनेटमा रामी बेन्सेबैनीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

८४औं मिनेटमा जोनास होफमनले गोल गरेपछि इन्टर खेलमा २–१ ले पछि परेको थियो । तर, अन्तिम समयमा लुकाकुले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

यो बराबरीसँगै अवे गोलको आधारमा मोन्चेनग्लाडवाक १ अंक जोडेर दोस्रो स्थानमा रहँदा इन्टर तेस्रो स्थानमा रहेको छ । रियल म्याड्रिडलाई हराएकोस साख्तर डोनेक्स ३ अंकसहित शीर्षस्थानमा रहँदा रियल पुछारमा रहेको छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.