5 years ago
October 22, 2020
एजेन्सी – रियल म्याड्रिड च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा शाख्तर डोनेस्कसँग ३-२ ले पराजित भयो । लिगमा नव प्रवेशी काडिजसँग पराजित भएलगत्तै घरेलु मैदानमा हार बेहोरेपछि जिदानमाथि केहि दबाब छ ।

जिदानले आफू र आफ्नो टोली यस अवास्थाबाट माथि उठ्न हरप्रयास गर्ने बताए । ‘ म आफूलाई यो समस्या हल गर्न सक्षम रहेको बुझ्छु । र म प्रयास पनि गर्नेछु । खेलाडीहरुले पनि मलाई साथ् दिनेछन्,’ जिदानले भने, ‘समस्या समाधानका लागि हामीले विभिन्न योजना ल्याउनेछौं । अहिले हामीले शनिबार हुने एल क्लासिकोबारे सोच्न जरुरि छ ।’
शाख्तरसँग हारपछि जिदान केहि खेलाडीको प्रदर्शनलाई लिएर सन्तुष्ट छैनन् । ‘ हारका कारण हामीलाई पक्कै नराम्रो लागेको छ । धेरै कारणहरुले गर्न हार बेहोर्नुपर्यो । हामीले पहिलो गोलमा आफैं गल्ति गर्यौं । त्यसपछि मनोबल उच्च नहुनु, खेलमा डटेर नलाग्नुले नै असर गर्यो ।’
‘दोस्रो हाफमा केहि खेलाडीले अवस्था बुझे र राम्रो प्रदर्शन गरे । केहि खेलाडी यो नतिजाको हकदार छैनन् । हाम्रो लागि खराब खेल र खराब रात रहयो । म प्रशिक्षक हुँ, र यो समस्याको समाधान मैले खोज्नुपर्छ । म आज नै यो गर्ने भने छैन ।’

क्याडीजविरुद्ध पनि पहिलो हाफको प्रदर्शन कमजोर रहेको थियो । शाख्तरविरुद्ध पनि सोहि कुरा दोहोरिंदा उनले आफूलाई एकपटक प्रश्न सोध्ने बेला आएको छ । जिदान भने पहिलो गोल खानुले खेलाडीलाई असर गरेको बुझाइ राख्छन् ।
‘म यसको जिम्मेवार छु । पहिलो हाफ सकारात्मक प्रदर्शन नहुनुले पनि मैले गल्ति गरेजस्तो लग्यो । सुरुवाती गोलले नै खेलको रुप बदल्दियो । तर प्रतियोगिता भर्खर सुरु भयो । हामी अझै मिहिनेत गर्नेछौं ।’
पछिल्लो दुई नतिजाको असर शनिबार हुने एल क्लासिकोमा पर्नेमा समर्थकहरु चिन्तित छन् । तर जिदान भने यसलाई सहज रुपमा लिन्छन् । ‘म अरुले के भन्छन् भनेर सुन्दिन । हामी शनिबार ४ बजे खेलका लागि तयार हुनेछौं । अहिले हाम्रो लागि विश्राम गर्ने हो ।’
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]