default_image

5 years ago

October 22, 2020

‘मेस्सीका कारण ग्रिजमन चल्न सकेनन्’

177 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन गत सिजन एटलेटिको म्याड्रिड छाडेर बार्सिलोना पुगे । पहिलो सिजनमा अपेक्षित प्रदर्शन गर्न नसकेका उनले दोस्रो सिजन पनि सुरुवातमा जम्न सकेका छैनन् ।

आर्सनलका पूर्व प्रशिक्षक आर्सेन वेंगरका अनुसार सुपरस्टार तथा कप्तान लिओनेल मेस्सीका कारण ग्रिजमन बार्सिलोनामा जम्न सकिरहेका छैनन् । ग्रिजमन १ सय २० मिलियन युरोमा बार्सिलोना आएका थिए । पहिलो सिजन बार्सिलोना उपाधिविहिन रहंदा उनको प्रदर्शन बिर्सनलायक रहयो ।

ग्रिजमनले यस सिजन पनि सुरुवाती ४ खेलमा गोल गर्न सकेका छैनन् । च्याम्पियन्स लिग अन्तर्गत फेरेन्कभारोसविरुद्ध खेलमा उनी बेन्चमा नै सिमित रहे । हालसम्म उनले जम्मा एक पटक पोस्टमा प्रहार गरेका छन् । जवाफमा मेस्सीले यस सिजन ७ पटक पोस्टमा प्रहार गर्दै १ गोल गरेका छन् ।

वेंगरका अनुसार ग्रिजमनले उत्कृष्ट प्रदर्शन गर्ने सेन्टर फरवार्डको भूमिकामा मेस्सीले खेल्दा फ्रा न्सेली फरवार्डको प्रदर्शन देख्न पाइएको छैन । ‘लामो समय आफ्नो पोजिसनमा खेल्न नपाउँदा खेलाडीको प्रदर्शन घट्छ । सुरुवातमा नयाँ पोजिसनमा अखेलं राजि भएपनि त्यसको माग पूरा गर्न सहज हुँदैन । अहिले उनले सेन्टरमा खेल्न जरुरि छ,’ वेंगरले भने, ‘ ग्रिजमनको खेल्ने शैली र टोलीको मागले पनि यो ठिक हुन्छ । तर मेस्सीले पनि यहीं खेल्ने हुनाले समस्या छ ।’

ग्रिजमनले गत सिजन ३५ लिगमा ९ गोल र ४ असिस्ट गरेका थिए । ग्रिजमनले समग्रमा १५ गोल गर्न सफल रहे । एटलेटिकोमा रहँदा २ सय ५७ खेल खेल्दै १ सय ३३ गोल गरेका उनले बार्सिलोनामा भने सोहि लय समात्न कठिन हुने देखिन्छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.