5 years ago
October 22, 2020
एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अर्को साता हुने बार्सिलोनाविरुद्धको खेल खेल्न नपाउने भएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण होम आइसोलेसनमा रहेका रोनाल्डोको दोस्रो परिक्षण पनि पोजेटिभ नै आएपछि उनले उक्त खेल गुमाउने भएका हुन् । पोर्चुगलबाट अन्तर्राष्ट्रिय खेल खेल्दा कोरोना पोजेटिभ भएपछि उनी आइसोलेसनमा बसेका थिए । कोरोना संक्रमण देखिएको ९ दिनपछि गरिएको परिक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको हो ।
आन्द्रे पिर्लोको प्रशिक्षणमा रहेको युभेन्ट्सले रोनाल्डोबिना खेल्दा लिगमा क्रोटोनेसँग अंक बाँडेको थियो । तर च्याम्पियन्स लिगमा भने अल्भारो मोराटाले दुई गोल गरेपछि टोली डिनामो किएभलाई हराउन सफल रहयो । युभेन्टसले आइतबार हेल्लास भेरोनाको भ्रमण गर्दैछ ।
यूईएफएको नियमअनुसार कोरोना संक्रमण भएपछि कुनैपनि खेलाडीले खेलभन्दा कम्तिमा ७ दिनअघि कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्नेछ । बुधबार बार्सिलोनासँग खेल्नका लागि रोनाल्डोलाई बिहिबारको नतिजा नेगेटिभ आउनुपर्ने थियो ।
आइसोलेसनमा रहेका रोनाल्डोलाई कुनै लक्षण देखिएको छैन । रोनाल्डोलाई संक्रमण देखिएपनि पोर्चुगलका अन्य खेलाडीलाई भने संक्रमण देखिएन ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]