5 years ago
October 23, 2020
एजेन्सी – लगातार दुई हारपछि रियल म्याड्रिड जितको लयमा फर्कने प्रयास स्वरुप अभ्यासमा जुटेको छ । ला लिगामा काडिज र च्याम्पियन्स लिगमा शाख्तार डोनेस्कसँगको हारपछि शनिबार एल क्लासिकोमा रियलले बार्सिलोनाको सामना गर्दैछ ।

एल क्लासिकोका लागि रियलले बिहीबार प्रशिक्षण गरेको थियो । धेरैको कौतुहलता कप्तान सर्जियो रामोस एल क्लासिकोमा हुने छन् कि छैनन् भन्नेमा बढी केन्द्रित छ । घुडाँको चोट कारण उनी काडिजविरुद्धको खेलमा मध्यान्तरमा परिवर्तन भएका थिए ।
शाख्तार डोनेक्ससँगको खेल भने उनले स्टान्डमा बसेर हुर्नुपरेको थियो । उनी विना रियलले घरेलु मैदानमा शाख्तारको सामना गरेको थियो । युरोपियन प्रतिस्पर्धामा कप्तान विना रियलले खेलको ८ मध्य ७ खेलमा पराजय भोगेको थियो ।
भाल्डेबासमा बिहीबार रामोसले एक्लै अभ्यास गरे । उनले बल र विना बल पनि अभ्यास गरेका थिए । एल क्लासिको भन्दा अघिल्लो दिन शुक्रबार हुने अभ्यासमा भने उनी टोलीका अन्य खेलाडीसँग सामेल हुने अभ्यास गर्ने अपेक्षा गरिएको छ ।
रोमोसविना बार्सिलोनाविरुद्ध उत्रनु परेको खण्डमा टोलीका लागि त्यो चुनौतीपूर्ण हुने अपेक्षा गरिएको छ । उनी शत प्रतिशत दिएर खेल्ने खेलाडी हुन् । ३४ वर्षे सेन्ट्रल ब्याकको प्रतिबद्धतामाथि कसैलाई पनि शंका छैन ।
यदि उनी बार्सिलोनाविरुद्ध उपलब्ध भएमा एल क्लासिकोमा उनको त्यो ४५ औं खेल हुनेछ । यसअघि नै बढी एल क्लासिकोमा उनको नाममा कीर्तिमान छ ।
अन्य खेलाडी पनि चोटग्रस्त
प्रशिक्षक जिनेदिन जिदानका लागि रामोस मात्र होइन अन्य खेलाडीको चोट पनि टाउको दुखाईको विषय बनेको छ । मारियानो, इडन हाजार्ड, डानी कार्भाजाल, मार्टिन ओडेगार्ड र अल्भारो अड्रिअजोला पनि चोटग्रस्त छन् । यद्दपी उनीहरु सबै बिहीबारको अभ्यासमा सामेल भएका थिए ।
आउने खेललाई मध्यनजर गर्दै उनीहरु तयारीमा जुटका हुन् । एल क्लासिकोको तीन दिन पछि समुह बीमा रहेको रियल च्याम्पियन्स लिगअन्तर्गत बोरुसिया मोन्चाग्लाडवाचसँगको खेलका लागि जर्मनी जानेछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]