default_image

5 years ago

October 23, 2020

एल क्लासिकोमा मार्टिनेज मुख्य रेफ्री

178 views

0 Bookmark

एजेन्सी– स्पेनिस फुटबल महासंघ (आरएफइएफ) ले ला लिगामा शनिबार हुने ७ खेलका लागि रेफ्रीहरुको घोषणा गरेको छ । रियल म्याड्रिड र बार्सिलोनाबीच हुने एल क्लासिकोको मुख्य रेफ्री जुआन मार्टिनेज मुनुएरा रहनेछन् । भिएआरमा भने जोसे मारिया सान्चेज मार्टिनेज हुनेछन् ।

मार्टिनेज मुनुएराले आफ्नो रेफ्री करियरमा २७ पटक रियलको खेलमा रेफ्रीको भुमिका निर्वाह गरेका छन् । जस मध्य रियलले १८ खेल जितेको । ८ खेलमा बराबर र ४ खेलमा भने रियलले हार बेहोरेको छ । पछिल्लो पटक उनले रियल र रियल सोसिडाडविरुद्ध सिजनको पहिलो खेलमा रेफ्रीको भुमिका निर्वाह गरेका थिए । जुन खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

त्यस्तै मार्टिनेजले बार्सिलोनाको २१ खेलमा रेफ्री गरेका थिए । जसमा बार्सिलोना १५ जित, समान ३ बराबर र त्यति नै हार बेहोरेको थियो । गत सिजनको अन्तिममा बार्सिलोना र लेगानेसबीचको खेलमा उनले रेफ्री गरेका थिए । जसमा बार्सिलोना २–० विजयी भएको थियो ।

मार्टिनेजले अहिले सम्म रियलका ५० खेलाडीलाई पहेंलो कार्ड देखाएका छन् । जेसस भालोजोलाई भने रातो कार्ड देखाएका थिए । त्यस्तै बार्सिलोनाका ४९ खेलाडीले उनीबाट पहेंलो कार्डको दर्शन गरेका छन् । ३८ वर्षे मार्टिनेज खेल रेफ्री गर्दा रियल र बार्सिलोनाले समान ५ पटक पेनाल्टी पाएका छन् ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.