default_image

5 years ago

October 23, 2020

टोटनहम र लेस्टरको सहज जित

231 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपर र लेस्टर सिटीले युुरोपा लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।

समूह ‘जे’ मा टोटेनहमले अष्ट्रियन क्लब लास्कमाथि ३–० को सहज सजत हात पारेको हो । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा टोटेनहमको सहज जितमा लुकास मौउरा र ह्युङ मिन सनले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

खेलको १८औं मिनेटमा भिनिसियसको पासमा लुकास मौउराले गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाए । २७औं मिनेटमा एन्ड्रेस एनड्राडेले आत्मघाती गोल गरेपछि टोटेनहमले पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो ।

खेल सकिन ६ मिनेट बाँकी रहँदा सव्सिच्युट दक्षिण कोरियन फरवार्ड ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई ३–० को सहज जित दिलाए । ६२औं मिनेटमा ग्यारेथ बेलको स्थानमा मैदान छिरेका सनले भिनिसियसकै पासमा गोल गर्न सफल भएका थिए ।

यही समूहको अर्काे खेलमा रोयल एन्टवेर्पले लुडोगोरेट्स राजग्राडमाथि २–१ को जित दर्ता गरेको छ । यस्तै समूह ‘बी’ मा इंग्लिस क्लब आर्सनलले अष्ट्रियन क्लब रापिड वेनमाथ २–१ पूनरागमन जित निकालेको छ ।

आर्सनलको जितमा डेभिड लुइज र पिएरे इमिरिक औवामियाङले गोल गर्दा रापिडाका ट्यासीआर्चिस फोन्टासले गरेको गोल सान्त्वना बन्यो । यसै समूहको अर्काे खेलमा नर्वेजियन क्लब मोल्डेले आइरिस क्लब डुन्डाल्कमाथि २–१ कै जित निकाल्न सफल भयो ।

यस्तै समूह ‘जी’ मा इंग्लिस क्लब लेस्टर सिटीले युक्रेनी क्लब एफसी जोर्यामाथि ३–० को सहज जित निकालेको छ । लेस्टरको जितमा जेम्स म्याडिसन, हार्भे बार्नेस र केलेची इहेयानाचोले गोल गरे ।

किङ पासवर स्टेडियममा घरेलु टोलीले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गाल थप्दै सहज जित हात पारेको थियो । यही समूहको अर्काे खेलमा पोर्चुगिज क्लब ब्रागाले ग्रीसको एइके एथेन्समाथि ३–० कै सहज जित हात पारेको छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.