default_image

5 years ago

October 23, 2020

मिलानले सेल्टिकलाई हरायो, रोमाको पूनरागमन जित

130 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब एसी मिलानले युइएफए युरोपा लिगमा विजयी शुरुवात गरेको छ । मिलानले स्कटिस क्लब सेल्टिकलाई उसकै मैदानमा ३–१ ले पराजित गरेको हो ।

सेल्टिक पार्क ग्लास्कोमा बिहीबार राति भएको खेलमा मिलानको जितमा राडे क्रुनिक, ब्राहिम डियाज र जेन्स पिटर हगले गोल गर्दा सेल्टिकका मोहम्मेद इलयोनोउसीले गरेको गोल सान्वना बन्यो ।

खेलको १४औं मिनेटमा स्यामुइल क्यास्टेलेजोको पासमा राडे क्रुनिकले गोल गर्दै मिलानलाई अघि बढाएका थिए । ४२औं मिनेटमा थियो हर्नान्डेजको पासमा ब्राहिम डियाजले गोल गरेपछि मिलानले पहिलो हाफमा २–० को अग्रता लिन सफल भएको थियो ।

७६औं मिनेटमा घरेलु टोलीका मोहम्मेद इलयोनोउसीले गोल गर्दै खेलमा फर्कने संकेत दिएका थिए । तर, अन्तिम समयमा एलेक्सिसको पासमा जेन्स पिटरले गोल गर्दै मिलानलाई ३–१ को जित दिलाए ।

यही समूहको अर्काे खेलमा युसुफ याजीसिको ह्याट्रिकमा फ्रेन्च क्लब लिलले १० खेलाडीमा समेटिएको चेक रिपब्लिक क्लब स्पार्टा प्रागमाथि ४–१ को सहज जित हात पारेको छ ।

स्पार्टा प्रागका लाडिस्लाभ क्रेजेसी २३औं मिनेटमा सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि सबै पाँचा गोल सम्भव भएको थियो । ४५औं मिनेटमा युसुफले गोल गर्दै लिललाई अग्रता दिलाए । ४७औं मिनेटमा घरेलु टोलीका बोरेक डोक्कलले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

६०औं मिनेटमा युसुफले व्यक्तिगत दोस्रो गोल गर्दै लिललाई पुनः २–१ को अग्रता दिलाए । ६६औं मिनेटमा जोनाथन इकोनले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ७५औं मिनेटमा युसुफले ह्याट्रिक पुरा गर्दै ४–१ को जित दिलाए ।

यस्तै समूह ‘ए’ मा इटालियन क्लब रोमाले स्वीस क्लब योङ ब्वाइजमाथि २–१ को जित दर्ता गरेको छ । रोमाले योङ ब्वाइजमाथि उसकै मैदानमा २–१ को पूनरागमन जित हात पारेको हो । जिन पिएरेको पेनाल्टी गोलमार्फत योङ ब्वाइजले अग्रता लिएको थियो ।

६९औं मिनेटमा रोमाका ब्रुनो पेरेसले बराबरी गोल फर्काए । ७४औं मिनेटमा मारस कुम्वुलाले गोल गर्दै रोमालाई २–१ को जित दिलाए ।

यही समूहको अर्काे खेलमा रोमानियाको क्लब सिएफआर क्लजले बुल्गेरियन क्लब पीएफसी सिएसकेए सोफियामाथि २–० को जित निकालेको छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.