5 years ago
October 23, 2020
एजेन्सी – स्पेनिस क्लब भिल्लारियलले युरोपा लिगको समूह चरणको पहिलो खेलमा टर्किस क्लब सिभास्पोरमाथि रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा ८ गोल भएको खेलमा भिल्लारियलले सिभास्पोरमासथ ५–३ को जित निकालेको हो ।

भिल्लारियलमा बिहीबार राति भएको खेलमा घरेलु टोलीको जितमा पाको अल्कासेरले दुई तथा ताकेफुसा कुवो, कार्लाेस बाका र जुवान फोयथले गोल गरे । पाहुना टोलीका ओलारेनवाजु कायोडे, मुस्ताफा याटाबारे र म्याक्स एलाइन ग्राडेलले गोल गरे ।
प्रतिस्पर्धात्मक खेलको १३औं मिनेटमा यसै समरमा स्पेनिस क्लब रियल म्याड्रिडबाट भिल्लारियल पुगेका जापनी मिडफिल्डर ताकेफुसा कुवोको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । २०औं मिनेटमा ताकेफुसा कुवोकै पासमा कार्लाेस बाकाले गोल गर्दै भिल्लारियलको अग्रता दोब्बर पारे ।

३३औं मिनेटमा ओलारेनवाजु कायोडेले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ३७औं मिनेटमा बाका पेनाल्टीमा चुके । ४३औं मिनेटमा मुस्ताफाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
५७औं मिनेटमा कुवोको पासमा जुवान फोयथले गोल गेपछि भिल्लारियलले खेलमा पुनः ३–२ को अग्रता लिन सफल भयो । ६४औं मिनेटमा म्याक्स एलाइन ग्राडेलले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए ।
त्यसपछि सब्सिच्युट पाको अल्कासेरले मैदान प्रवेश गरेको ८ मिनेटको अन्तरमा दुई गोल गर्दै भिल्लारियललाई ५–३ को रोमाञ्चक जित दिलाए । उनले ७४औं र ७८औं मिनेटमा गोल गरेका थिए । उनी ७०औं मिनेटमा कार्लाेस बाकाको स्थानमा मैदान छिरेका थिए ।
यही समूह आईको अर्काे खेलमा इजरायली क्लब माकावी टेल एभिभले अजरवैजानको क्वारावाग एफकेलाई १–० ले हराएको छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]