5 years ago
October 23, 2020
एजेन्सी – जर्मन क्लब बायर लिभरकुसनले युरोपा लिगको समूह चरणको पहिलो खेलमा फ्रेन्च प्रतिद्धन्द्धी निसमाथि सानदार जित हात पारेको छ । घरेलु मैदानमा लिभरकुसनले निसमाति ६–२ को फरालिो जित हात पारेको हो ।

बेएरिना लिभरकुसनमा बिहीबार राति भएको खेलमा घरेलु टोलीको फराकिलो जितमा करिम बेल्लाराविले दुई तथा नादिम एमिरी, लुकास एलारियो, मोउसा डियावी र फ्लोरियल रिट्जले समान एक गोल गरे । निसमा एमिन गौरी र एलेक्सिस क्लाउडेले सान्त्वना गोल फर्काए ।
गोलको वर्षा भएको खेलमा घरेलु टोलीले खेलको ११औं मिनेटमा नदिमको गोलबाट अग्रता लिएको थियो । १६औं मिनेटमा लुकास एलारियोले अग्रता दोब्बर पारे । ३१औं मिनेटमा एमिनले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

६१औं मिनेटमा मोउसा डियावी गोल गरेपछि लिभरकुसनलाई ३–१ ले अघि बढाए । ७९औं मिनेटमा सब्सिच्युट करिम बेल्लाराविले गोल गर्दै लिभरकुसनलाई फराकिलो जिततर्फ अग्रसर गराए । ८३औं मिनेटमा करिमले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरकुसनले ५–१ को फराकिलो अग्रता लिन सफल भयो ।
८७औं मिनेटमा फ्लोरियनले गोल गर्दै खेललाई ६–१ को अवस्थामा ल्याए । ९०औं मिनेटमा एलेक्सिसले गोल लिभरकुसन ६–२ ले विजयी हुन सफल भयो ।

यही समूह ‘सी’ को अर्काे खेलमा इजरायली क्लब हापोइल विर सिभाले चेक रिपब्लिक क्लब स्लाभिया प्रागलाई ३–१ ले पराजित गरेको छ ।
खेल नतिजा
समूह ‘ए’ – सिएसकेए सोफियाविरुद्ध सिएफ आर क्लज (०–२) र योङ ब्वाइजविरुद्ध रोमा १–२)
समूह ‘बी’ – डुन्डाल्कविरुद्ध मोल्डे (१–२) र रापिड वेनविरुद्ध आर्सनल (१–२)
समूह ‘सी’ – लिभरकुसनविरुद्ध निस (६–२) र हापोइल विर सिभाविरुद्ध स्लाभिया प्राग (३–१)
समूह ‘डी’ – लेच पोजनानविरुद्ध बेन्फिका (२–४) र स्टान्डर्ड लिगविरुद्ध रेन्जर्स (०–२)
समूह ‘ई’ – पाओकविरुद्ध ओमोनिया निकोसिया (१–१) र पीएसभी इन्डोभेनविरुद्ध ग्रानडा (१–२)
समूह ‘एफ’ – नेपोलीविरुद्ध एजेट अल्कामार (०–१) र रिजेकाविरुद्ध रियल सोसिडाड (०–१)
समूह ‘जी’ – ब्रागाविरुद्ध एइके एथेन्स (३–०) र लेस्टर सिटीविरुद्ध जोर्या (३–०)
समूह ‘एच’ – सेल्टिकविरुद्ध एसी मिलान (१–३) र स्पार्टा प्रागविरुद्ध लिल (१–४)
समूह ‘आई’ – माकावीविरुद्ध क्वारावाग एफके (१–०) र भिल्लारियलविरुद्ध सिभास्पर (५–३)
समूह ‘जे’ – लुडोगोरेट्स राजग्राडविरुद्ध रोयल एन्टवेर्प (१–२) र टोटेनहमविरुद्ध लास्क (३–०)
समूह ‘के’ – डाइनामो जाग्रिवविरुद्ध फियोनुर्ड (०–०) र वल्फवेर्गर एफसीविरुद्ध सिएसकेए (१–१)
समूह ‘एल’ – होफेनहाइनविरुद्ध क्रेभेना जेभेज्दा (२–०) र स्लोभान लिवेरेकविरुद्ध जेन्ट (१–०)
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]