default_image

4 years ago

October 23, 2020

रियल म्याड्रिडको सामना गर्न बार्सिलोनाको टोली घोषणा

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार सिजनको पहिलो एल क्लासिको हुँदैछ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने खेल नेपाली समयानुसार साँझ ७:४५ बजे सुरु हुनेछ । बार्सिलोनाले रियल म्याड्रिडविरुद्ध खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेको छ । गोलरक्षक मार्क आन्दर टेर स्टेगन अझैपनि पूर्ण फिट नभएकाले शनिबार हुने खेलको लागि टोलीमा रहने छैनन् । उनी प्रशिक्षणमा भने सामान्य अभ्यास गर्न थालिसकेका छन् । उनीसँगै डिफेन्डर स्यामुएल उम्टिटी र म्याथिअस फर्नान्डेस पनि चोटका कारण बाहिर रहेका […]

47 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार सिजनको पहिलो एल क्लासिको हुँदैछ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने खेल नेपाली समयानुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

बार्सिलोनाले रियल म्याड्रिडविरुद्ध खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेको छ । गोलरक्षक मार्क आन्दर टेर स्टेगन अझैपनि पूर्ण फिट नभएकाले शनिबार हुने खेलको लागि टोलीमा रहने छैनन् । उनी प्रशिक्षणमा भने सामान्य अभ्यास गर्न थालिसकेका छन् । उनीसँगै डिफेन्डर स्यामुएल उम्टिटी र म्याथिअस फर्नान्डेस पनि चोटका कारण बाहिर रहेका छन् ।

प्रशिक्षक रोनाल्ड कोम्यानलाई डिफेन्डर जोर्डी अल्बा टोलीमा फर्कंदा भने केहि सहज हुने अनुमान गर्न सकिन्छ । सेभिल्लाविरुद्ध घाइते भएपछि उनी टोलीमा रहेका थिएनन् । उनको अनुपस्थितिमा सर्जिनो डेस्टले फरक पोजिसन भएपनि खेलिरहेका थिए ।

बार्सिलोनाको २३ सदस्यीय टिम :

गोलरक्षक : नेटो, इनाकी पेना, अर्नाउ टेनस

डिफेन्डर : सर्जिनो डेस्ट, सर्जी रोबर्टो, जेरार्ड पिके, क्लेमेन्ट लेङलेट, रोनाल्ड अरौजो, जोर्डी अल्बा, जुनिअर फिर्पो

मिडफिल्डर : सर्जियो बुस्केट्स, फ्रेंकी डे जोङ, मिरालेम प्यानिच, कार्लेस एलेना, रिकी पुज, फिलिपे कोउटिन्हो, पेड्री

फरवार्ड : एन्टोइन ग्रिजमन, अन्सु फाती, लिओनेल मेस्सी, मार्टिन ब्रेथवेट, फ्रान्सिस्को त्रिन्काओ, ओस्मान डेम्बेले

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.