default_image

5 years ago

October 24, 2020

फेरिएको एल क्लासिको

148 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिड र बार्सिलोना दुवै क्लब इतिहासकै कठिन समयबाट गुज्रिरहेका छन् । दुवै टोलीको युरोपमा दबदबा छैन, घरेलु लिगमा संघर्षरत छन् र दिन प्रतिदिन टोली कमजोर हुँदै गइरहेको छ ।

रियल र बार्सिलोना दुवैले टोलीमा परिवर्तन गर्ने प्रयास गरिरहँदा त्यसमा सफलता हासिल गर्न सकेका छैनन् । अनुभवी खेलाडीभन्दा युवा खेलाडीमा दुवै टोलीको विश्वास बढ्दो छ । शनिबार हुने एल क्लासिकोमा पनि यसपटक युवा खेलाडीकै दबदबा रहने सम्भावना छ । क्लासिकोमा यसपटक यसअघि कल्पना समेत नगरिएको स्थिति आउन सक्छ ।

युवा खेलाडीमा विश्वास गर्ने अवस्था बार्सिलोनामा बढी देखिन्छ । टिनएजमै रहेका अन्सु फाती र पेड्री बार्सिलोनाको आक्रमणमा निर्णायक भूमिका खेल्दै आएका छन् । यसबाहेक सर्जिनो डेस्ट र फ्रेन्की डे जोङ पनि बेन्चमा रहने सम्भावना छ ।

यी खेलाडीसँगै बेन्चमा थप युवा प्रतिभा देख्न सकिनेछ । त्रिन्काओ, ओस्मान देम्बेले, रोनाल्ड अराउजो, कार्लेस एलेना र रिकी पुज बेन्चमा रहनेछन् । बार्सिलोनाले युवा प्रतिभा आबद्ध गर्न मोटो रकम खर्चंदै आएको छ । ला मासियाबाट भन्दा अन्य क्लबबाट किन्ने प्रवृतिको आलोचना पनि भएको छ ।

यता रियल म्याड्रिडले पनि यू-२३ उमेर समूहका ७ खेलाडीलाई सिनियर टोलीमा प्रयोग गर्दै आएको छ । कम उमेर भएपनि फेडे भालभेर्डे र भिनिसियस जुनिअरले टोलीमा बलियो छाप बसाएका छन् । जिदानको योजनामा दुवै खेलाडी उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् र पहिलो रोजाईमा पर्नेमा ढुक्क छन् ।

यसबाहेक ब्राजिलियन विंगर रोड्रीगो पनि सुरुवाती रोजाईमा खेल्न दाबेदार हुन् । डिफेन्डर इडर मिलिसाओले कप्तान सर्जियो रामोसको अनुपस्थितिमा डिफेन्स सम्हाल्ने गरेका छन् । यस्तै मोटो रकममा आबद्ध भएका फरवार्ड लुका जोभिचले सोचे अनुरुप प्रदर्शन गर्न नसकेपनि त्यो क्षमता भने राख्दछन ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.