default_image

5 years ago

October 24, 2020

एल क्लासिकोअघि कोम्यान र जिदान यसो भन्छन्

128 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार साविक विजेता रियल म्याड्रिड र उपविजेता बार्सिलोनाबीच प्रतिस्पर्धा हुँदैछ । विश्व फुटबलमा नै बेग्लै महत्त्व बोकेको यो खेल शनिबार नेपाली समयानुसार साँझ ७:४५ सुरु हुनेछ ।

खेलअघि पत्रकार सम्मेलनमा बोल्दै बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले रियलबाट कडा प्रतिस्पर्धाको आशा गरिएको बताए । ‘रियलले पछिल्ला खेलमा गरेका गल्ति पक्कैपनि यस खेलमा सुधार्नेछ । हामीले रियलबाट कडा प्रतिस्पर्धाको आशा राखेका छौं । रियलका लागि रामोसको उपस्थितिले पनि ठूलो सहयोग पुग्नेछ,’ उनले भने ।

‘रामोस विश्व फुटबलका उत्कृष्ट डिफेन्डरमा पर्छन् । उनको नेतृत्व क्षमता र व्यक्तित्वले पनि खेलमा रियललाई सहज हुनेछ । क्लासिकोमा रामोसको महत्त्व हामीले पनि बुझेका छौं,’ उनले थपे ।

यता जिदानले भने प्रशिक्षक परिवर्तन भएपनि बार्सिलोना सधैं बलियो टोली रहने अभिव्यक्ति दिए । ‘ बार्सिलोना सधैं बलियो टोली रहेको छ । हरेक प्रशिक्षकले फरक शैली ल्याएपनि बार्सिलोना कहिल्यै परिवर्तन भएको छैन । राम्रो फुटबल खेल्न सक्ने टोली सधैं विपक्षीका लागि कठिन चुनौती हुने गर्दछ,’ जिदानले भने ।

‘म अहिले बार्सिलोनाको खेल्ने शैली र टोलीबारे विस्तृतमा भन्न चाहन्न । हामीले बार्सिलोनासँग खेल्न पाउनु राम्रो हो । खेलको पहिलो मिनेटदेखि नै के अपेक्षा गर्ने भन्नेमा हामी प्रष्ट छौं । हरेक मिनेट महत्त्वपूर्ण हुनेछ,’ जिदानले भने ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.