default_image

5 years ago

October 24, 2020

बामफर्डको ह्याट्रिकमा भिल्लाको पहिलो हार

130 views

0 Bookmark

एजेन्सी – फरवार्ड प्याट्रिक बामफर्डले ह्याट्रिक प्रहार गरेपछि लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शुक्रबार राती एस्टन भिल्लालाई ३-० ले पराजित गरेको छ ।

यसअघि लिगमा शत प्रतिशत जित हासिल गरिरहेको भिल्लाले पहिलो हार बेहोरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि बामफर्डले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेका थिए ।

५५ अौं मिनेटमा बामफर्डले पहिलो गोल गरे । त्यसको १० मिनेटपछि म्याथुएज क्लिकको पासमा उनले अग्रता दोब्बर पारे । ७४ औं मिनेटमा हेल्डर कोस्टाको पासलाई नियन्त्रणमा लिँदै बामफर्डले उत्कृष्ट फिनिसमा आफ्नो ह्याट्रिक पूरा गरे ।

यस जितसँगै नवप्रवेशी लिड्स अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ‌। लिड्सको ६ खेलमा १० अंक छ । ५ खेलमा १२ अंक जोडेको भिल्ला दोस्रो स्थानमै यथावत छ ‌।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.