5 years ago
October 28, 2020
एजेन्सी – युभेन्ट्सविरुद्ध च्याम्पियन्स लिगअन्तर्गत समुह चरणको खेलका लिओनल मेस्सीको कप्तानीमा बार्सिलोना इटाली पुगिसकेको छ । अर्कोतिर युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डो भने कारोना परिक्षणको नेगेटिभ परिणामको प्रतिक्षामा छन् । बार्सिलोना र युभेन्ट्सबीच बुधबार प्रतिस्पर्धा हुँदैछ ।

पोर्चुगल राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी निर्वाह गर्ने क्रममा दुई साता अघि रोनाल्डोलाई कोरोना संक्रमण देखिएको थियो । जसका कारण उनले ३ खेल गुमाइसकेका छन् । लक्षण विना र ठीक हुँदाको अवस्थामा पनि कोरोना पोजेटिभ दोस्रो पटक पनि देखिउनु भने रोनाल्डोका लागि निराश बनाउने विषय बनेको छ ।
रोनाल्डो विना कमजोर
युभेन्ट्सले आइतबार हेल्लास भेरोनाविरुद्ध संघर्ष गर्नुपरेको थियो । रोनाल्डो विनाको त्यो खेल १–१ को बराबरीमा टुंगिएको थियो । जसका कारण टोलीले सिरि एमा सिजन निकाल्न अझै प्रतिक्षा गर्नुपर्ने भएको छ ।

पछिल्लो दुवै बराबरीमा रोनाल्डो थिएनन् । क्रोटोनेविरुद्धको अवे खेलमा पनि युभेन्ट्सले बराबरी खेलेको थियो । यद्दपी टोलीले च्याम्पियन्स लिगमा भने जित दर्ता गराएको थियो । तर, नेपोलीबाट वाकओभर पाएको खेलमा युभेन्ट्सलाई ३–० को जित दिइएको थियो ।
युभेन्ट्सले सिरि एमा पछिल्लो तीन खेल जित्न सकेको छैन । टोलीले भेरोना, क्रोटोने र रोमासँग बराबरी खेलेको थियो । टोलीको अहिलेको प्रर्दशन हेर्दा पनि युभेन्ट्समा रोनाल्डोको अभाव प्रष्ट देखिन्छ ।
खराब सुरुवात
५ राउन्डको खेल सकिदा युभेन्ट्सको खातामा ९ अंक मात्रै छ । जुन टोलीको पछिल्लो एक दशकको दोस्रो खराब प्रदर्शन हो । मासिमिलियानो एलिग्री प्रशिक्षक बनेको दोस्रो सिजन टोलीले ५ खेलमा ५ अंक मात्र बटुलेको थियो । तर, त्यति बेला टोलीले उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितेको थियो ।

साना टोलीविरुद्ध समस्या
एलिग्रीले भन्ने गरेका थिए सिरि एको मध्य वा अन्त्यतिर पुग्दा मात्र उपाधि कसले जित्ने भन्ने प्रष्ट देखिने बताएका थिए । तर अहिलेको अवस्थामा युभेन्ट्सले सफल नतिजाका लागि संघर्ष गरिरहेको छ ।
सिरिएमा युभेन्ट्सले रोनाल्डो विना १४ खेल खेलेको छ । जसमा ७ जित, ३ बराबर र ४ खेलमा हार बेहोरेको छ । कमजोर मानिएका टोली मध्य स्पाल र साम्पडोरियासँग पराजित भएको युभेन्ट्स लिसेसँग बराबरीमा रोकिएको थियो ।
नेगेटिभ रिपोर्टको प्रतिक्षा
बार्सिलोनासँग खेल्नका लागि मात्र होइन सिरि एकै कारणले पनि रोनाल्डो छिटो खेलमा फर्कन चाहन्छन् । तर, त्यसका लागि उनको पछिल्लो परिक्षण नेगेटिभ आउनुपर्ने हुन्छ । रोनाल्डोले स्पेन छाडेयता यी मेस्सी र उनको भेट भएको छैन ।
फेरि एक पटक यी दुई सुपर स्टार एकअर्काविरुद्ध उत्रता पक्कै पनि फुटबलप्रेमी खुसी हुने छन् नै । तर, त्यसका लागि कोरोना परिक्षणको रिपोर्ट कस्तो आउँछ रोनाल्डो खेल्ने नखेल्ने त्यसमा निर्भर रहन्छ । सिरिएमै संघर्ष गरिरहेको युभेन्ट्सले अर्को खेलमा स्पेजियासँग प्रतिस्पर्धा गर्दैछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]