default_image

5 years ago

October 28, 2020

काउटिन्हो नहुँदा ग्रिजमनलाई अवसर

166 views

0 Bookmark

एजेन्सी – युभेन्ट्सविरुद्ध हुने च्याम्पियन्स लिगअन्तर्गत समुह चरणको खेलमा फिलिपे काउटिन्हो उपलब्ध हुने छैनन् । रियल म्याड्रिडविरुद्धको बुधबार एल क्लासिको दौरान उनको तिघ्रामा चोट लागेको थियो ।

आइतबार क्याटलान क्लबले काउटिन्हो चोटग्रस्त भएकोले पुष्टी गरेको थियो । त्यसको अर्थ एन्टोइन ग्रिजमनले युभेन्ट्सविरुद्ध सुरुवात गर्ने सम्भावना रहेको छ । सिजनकै ठुलो खेलका रुपमा रहेको एल क्लासिकोमा भने ग्रिजमनले सुरुवात गर्न पाएका थिएनन् ।

फ्रान्सेली ग्रिजमनले युभेन्ट्सविरुद्ध सेन्ट्रल अट्याकिङ मिडफिल्डको भुमिकामा खेल्न पाउने सम्भावना छ । उनले यो सिजन खासै धेरै मौका पाएका छैनन् । दुई खेल भने उनले बेन्चबाट सुरुवात गरेका थिए । रोनाल्ड कोम्यानलाई उनले आफ्नो भुमिकामा मनाउन सकेका छैनन् ।

ग्रिजमनले आफुलाई प्रमाणित गर्ने एउटा मौका पाएका छन् । ग्रिजमनबाट बार्सिलोनाले ठुलो अपेक्षासहित भित्राएको थियो । ग्रिजमन एट्लेटिको म्याड्रिडमा रहँदा इटालियन च्याम्पियनलाई च्याम्पियन्स लिगमा ३ खेल २ खेल हराएको थियो ।

जारी सिजनमा ग्रिजमनले ५ खेलमा ४ खेलमा सुरुवात गरेका छन् । जसमा २ सय ७२ मिनेट उनले खेलेका थिए । क्लासिकोमा उनले ९ मिनेट मात्र खेलेका थिए । तर, अहिले सम्म उनले गोल गर्न सकेनन् । रियलविरुद्ध पनि उनले प्रभाव पार्न नसकेको भन्दै आलोचना भएको थियो । जसमा १७ वर्षे पेड्रीले सुरुवात गर्ने मौका पाएका थिए ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.