default_image

3 years ago

November 6, 2020

एमबाप्पे र पिएसजीमा भविष्य

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का लागि केलियन एमबाप्पलेको सम्झौना नविकरण प्राथमिकतामा रहेको विषय हो । फ्रान्सेली फरवार्डको पिएसजीसँगको सम्झौता सन् २०२२ सम्म रहेको छ । नविकरणको विषयमा भएको छलफल त्यति सकारात्मक नरहेको बताइएको छ । आउने केहि महिना एमबाप्पेको भविष्यलाई लिएर अझै चर्चा हुने सम्भावना छ । पेरिसमा हर कोहिले यो चर्चा गरिरहेका […]

48 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का लागि केलियन एमबाप्पलेको सम्झौना नविकरण प्राथमिकतामा रहेको विषय हो । फ्रान्सेली फरवार्डको पिएसजीसँगको सम्झौता सन् २०२२ सम्म रहेको छ ।

नविकरणको विषयमा भएको छलफल त्यति सकारात्मक नरहेको बताइएको छ । आउने केहि महिना एमबाप्पेको भविष्यलाई लिएर अझै चर्चा हुने सम्भावना छ । पेरिसमा हर कोहिले यो चर्चा गरिरहेका छन् । त्यसमध्येका एक हुन् पिएसजी र लिग वनका सद्भाव दुत योउरी जोरकाएफ । उनले पनि केहि समय एमबाप्पले पिएसजीमै रहनुपर्ने सुझाव दिएका छन् ।

‘उनी अहिले पनि प्रोजेक्टमा छन् । पेरिसमा उनी ४ वर्षे योजनामा छन् र उनी अहिले पनि युवा खेलाडी हुन्,’ जोरकाएफले भने, ‘गत सिजन उनले च्याम्पियन्स लिग जित्ने सम्भावना थियो । तर दुर्भाग्यवश त्यो सफल हुन सकेन । यो वर्ष पनि उनलाई त्यस्तै मौका छ । युरोपको सबैभन्दा प्रतिष्ठित उपाधि जितेर अर्को क्लब जानु उनका लागि उत्तम हुनेछ । त्यति बेला सबै खुसी हुनेछन् ।’

एमबाप्पेले ढिला वा चाँडो पिएसजी छाड्नेमा जोरकाएफ पनि निश्चित छन् । तर उनले युरोपको ठुलो सफलता प्राप्त गरेर मात्र पिएसजी छाड्दा बढी उपयुक्त हुने विचार राखेका छन् ।

‘एमबाप्पे १० वर्ष पिएसजीमा रहन्छन् भन्ने लाग्दैन । तर विना च्याम्पियन्स लिग उपाधि जानु लाज्जाको विषय हुन सक्दछ,’ उनले थपे, ‘उनी पिएसजीलाई प्रतिनिधित्व गरिरहेका छन् । तर अझै पनि धेरै सफलता मिल्न बाँकी छ ।’

फ्रेन्च च्याम्पियनलाई आफुमाथि कठिन चुनौती रहेको थाहा हुँदा हुँदै एमबाप्पलेको सम्झौता नविकरणका लागि पक्कै प्रयास गर्नेछ । रियल म्याड्रिडले उनीमाथि चासो देखाइरहेको छ । रियल २०२२ पछि वा २०२१ मै पनि उनलाई भित्राउन सकिनेमा आशावादी छ ।

एमबाप्पले २०१७ मा मोनाकोबाट पिएसजी पुगेका थिए । पिएसजीबाट १ सय ३० खेल खेल्दै उनले ९६ गोल गरिसकेका छन् । मोनाकोमा ६० खेलमा उनले ७० गोल गरेका थिए । विगतमा रियलले भित्राउन चाहेपनि अन्तत उनले फ्रान्समै रहने निर्णय लिएका थिए ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.