default_image

5 years ago

October 29, 2020

रासफर्डको ह्याट्रिकमा युनाइटेडको सानदार जित

172 views

0 Bookmark

एजेन्सी – युवा फरवार्ड मार्कस रासफर्डले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेर दोस्रो हाफमा नै ह्याट्रिक प्रहार गरेपछि म्यानचेस्टर युनाइटेडले यूईएफए च्याम्पियन्स लिगमा जर्मन प्रतिद्वन्द्वी आरबी लाइप्जिगमाथि ५-० को सानदार जित दर्ता गरेको छ ।

खेलको पहिलो हाफमा नै मेसन ग्रीनवुडले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले २१ औं मिनेटमा पल पोग्बाको उत्कृष्ट पासलाई नियन्त्रणमा लिँदै सटिक फिनिसिङको नमुना प्रस्तुत गर्दै गोल गरेका थिए । पहिलो हाफमा ग्रीनवुडकै अर्को प्रहार गोलरक्षक पिटर गुलाचीले विफल पार्दा मार्सियलको प्रहारमा पनि उनी बाधक बने ।

दोस्रो हाफमा युनाइटेडले रासफर्डलाई मैदान प्रवेश गराएपछि खेलको रुप नै बदलियो ।

खलेको तीन मिनेट समय बाँकी रहँदा मार्सियललाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि युनाइटेडले पेनाल्टी प्राप्त गर्यो । तर रासफर्डले आफ्नो ह्याट्रिक पूरा गर्नुभन्दा मार्सियललाई सिजनको पहिलो गोल प्रहार गर्ने अवसर सुम्पिए । फ्रान्सेली फरवार्ड त्यसना सफल पनि भए । तर इन्ज्युरी समयको दोस्रो मिनेटमा रासफर्डले आफ्नो ह्याट्रिक पूरा गर्दै युनाइटेडलाई ५-० को सानदार जित दिलाए ।

त्यसअघि बुधबार नै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इस्तानबुल बसकसेइरलाई पराजित गरेको थियो । मोइस किनले दुई गोल गरेपछि फ्रान्सेली टोली २-० को जित दर्ता गर्न सफल रहयो ।

प्रिमियर लिगको क्लब एभर्टनबाट लोनमा पेरिस पुगेका इटालियन फरवार्ड किनले दुवै गोल दोस्रो हाफमा गरेका थिए । उनलाई दुवै गोलमा युवा फरवार्ड किलियन एम्बाप्पेले असिस्ट दिएका थिए ।

किनले खेलको ६४ औं मिनेटमा एमबाप्पे क्रसमा हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । ७९ औं मिनेटमा एमबाप्पेको पास पेनाल्टी क्षेत्रभित्र प्राप्त गरेपछि किनले उत्कृष्ट टर्न गर्दै गोल गरेका थिए ।

खेलको पहिलो हाफमा नै सुपरस्टार फरवार्ड नेयमार चोटका कारण बाहिरिएका थिए । उनको मांशपेशीमा समस्या आएपछि २६ औं मिनेटमा नै पाब्लो सरबिया उनको स्थानमा मैदान छिरेका थिए । उनको चोटको अब बिहिबार विस्तृत परिक्षणपछि मात्र कति समय बाहिर रहने भन्ने यकिन हुनेछ ।

पीएसजी पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग घरेलु मैदानमा पराजित भएको थियो । उक्त खेलमा हार बेहोरेपनि पीएसजीले जित हासिल गर्दै उपाधि जित्ने लक्ष्यलाई केहि सघाउ गरेको छ ।

अंक तालिकामा म्यान्चेस्टर युनाइटेडको २ खेलमा ६ अंक छ । पीएसजी र लाइप्जिगको समान ३-३ अंक छ भने इस्तानबुल अंकविहिन छ ।

यो पनि : युभेन्टसको मैदानमा बार्सिलोना विजयी

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.