default_image

5 years ago

October 29, 2020

रियल म्याड्रिड समूह चरणबाटै बाहिरिने खतरा

312 views

0 Bookmark

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले अन्तिम समयमा दुई गोल गरेपछि यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकसँग २-२ को बराबरी खेल्यो ।

हारतर्फ उन्मुख देखिएको रियलले अन्तिम ८ मिनेटमा दुई गोल गर्दै प्रतियोगितामा लगातार चौथो हार टारेको थियो । अघिल्लो सिजन म्यानचेस्टर सिटीसँग राउन्ड अफ ३२ को दुवै लेगमा पराजित रियल यस सिजन पहिलो खेलमा शाख्तरसँग ३-२ ले पराजित भएको थियो । बराबरीका बाबजुद रियल अंक तालिकाको पुछारमा नै अड्किएको छ ।

रियल म्याड्रिडले यस सिजन खराब सुरुवात गरेपछि अर्को चरणमा प्रवेश गर्न संघर्ष गर्नुपर्ने देखिएको छ । खराब लयमा रहेको रियलले अब बाँकी ४ खेलमा कम्तिमा १० अंक हासिल गरेमात्र अर्को चरणमा पुग्नेछ । त्यसो त चार मध्य तीन खेल पनि रियललाई पर्याप्त हुनेछ, तर त्यसका लागि अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ ।

मंगलबार जर्मनीमा हार बेहोरेको भए रियल प्रतियोगिताबाट लगभग बाहिरिने अवस्थामा पुग्ने थियो । त्यसो हुँदा टोलीले बाँकी चार खेल नै जित्नुपर्ने दबाब रहन्थ्यो । अहिलेको अवस्थामा भने रियलले समूह विजेता नै बन्ने सम्भावना छ । तर त्यसका लागि टोलीले आफ्नो नतिजा सुधार्नुपर्ने हुन्छ ।

रियलले अब इन्टर मिलानसँग होम र अवेमा खेल्न बाँकी छ । त्यस्तै शाख्तरको मैदानमा खेलेपछि रियलले अन्तिम खेलमा ग्लाडबाकलाई अल्फ्रेडो डी स्टेफानो मैदानमा निमन्त्रणा गर्नेछ ।

हाल अंक तालिकामा शाखातर २ खेलमा ४ अंकसहित शीर्षस्थानमा छ । बोरुसिया मोन्चेनग्लाडबाक र इन्टर मिलानको समान २-२ अंक छ भने रियल म्याड्रिड १ अंकसहित पुछारमा छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.