default_image

3 years ago

November 1, 2020

युभेन्टसको जितमा रोनाल्डोको दुई गोल

एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले वैकल्पिक खेलाडीका रुपमा २ गोल गरेपछि युभेन्टसले इटालियन सिरी ए अन्तर्गत आइतबार स्पेजियालाई ४-१ ले पराजित गरेको छ । खेलको १६ औं मिनेटमा स्पेनिस फरवार्ड अल्भारो मोराटाले युभेन्टसलाई अग्रता दिलाएका थिए । उनले वेस्टन मकेनीको पासलाई गोलमा परिणत गरे । घरेलु टोलीले ३२ औं मिनेटमा टोमासो पोबेगाको गोलमा खेल बराबरी गर्यो । उनले […]

67 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले वैकल्पिक खेलाडीका रुपमा २ गोल गरेपछि युभेन्टसले इटालियन सिरी ए अन्तर्गत आइतबार स्पेजियालाई ४-१ ले पराजित गरेको छ ।

खेलको १६ औं मिनेटमा स्पेनिस फरवार्ड अल्भारो मोराटाले युभेन्टसलाई अग्रता दिलाएका थिए । उनले वेस्टन मकेनीको पासलाई गोलमा परिणत गरे । घरेलु टोलीले ३२ औं मिनेटमा टोमासो पोबेगाको गोलमा खेल बराबरी गर्यो । उनले पाओलो बार्तोलोमेईको पासलाई सदुपयोग गर्दै गोल गरे ।

दोस्रो हाफको ५६ औं मिनेटमा प्रशिक्षक आन्द्रीए पिर्लोले पाउलो डिबालाको स्थानमा रोनाल्डोलाई मैदान प्रवेश गराए । पछिल्लो केहि खेल कोरोना संक्रमणका कारण गुमाएका रोनाल्डोले मैदान प्रवेश गरेको केहि समयमा नै प्रभाव छाडे । उनले मैदान छिरेको ३ मिनेट नबित्दै युभेन्टसलाई अग्रता दिलाए । उनले मोराटाको थ्रु पासलाई अगाडी बढाउँदै गोलरक्षकलाई समेत छलाएर गोल गरेका थिए ।

६८ औं मिनेटमा एड्रीएन राबीओटले युभेन्टसको अग्रता दोब्बर पारे । उनले फेडेरिको किएजाको लामो पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रभित्र पुर्याएर सहजै गोल गरे । ७७ औं मिनेटमा युभेन्टसले पेनाल्टी प्राप्त गर्यो । किएजालाई पेनाल्टी क्षेत्रभित्र बार्तोलोमेईले लडाएपछि पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्दै ४-१ को अग्रता दिलाए ।

यस जितसँगै युभेन्टस अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । युभेन्टसले ६ खेलमा ३ जित र ३ बराबरीसँगै १२ अंक जोडेको छ । शीर्षस्थानमा रहेको एसी मिलानले ६ खेलमा ५ जित र १ बराबरीसँगै १५ अंक जोडेको छ । स्पेजिया भने ६ खेलमा ५ अंकसहित १६ औं स्थानमा छ ।

त्यसअघि दिनकै अर्को खेलमा भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपछि उडिनेजीमाथि संघर्षपूर्ण जित निकाल्दै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको थियो ।

अपराजित रहेको मिलानले उडिनेजीमाथि उसकै मैदानमा २–१ को संघर्षपुर्ण जित निकालेको हो । मिलानको जितमा फ्रान्क केससिइ र ज्लाटन इब्राहिमोभिचले गोल गरे । घरेलु टोलीका रोड्रिगो डि पलले एक गोल फर्काए ।

युडिन इटालीमा आइतबार साँझ भएको खेलमा मिलानले खेलको १८औं मिनेटमा फ्रान्कको गोलबाट अग्रता लिएको थियो । ज्लाटनले क्रसबाट आएको पासलाई उत्कृष्ट नियन्त्रणमा लिदै दिएको पासमा केससिइले सुन्दर फिनिस गरेका थिए ।

४८औं मिनेटमा घरेलु टोलीले बराबरी गोल फर्कायो । पेनाल्टी बक्समा एलेसियो रोमागनोलीले इग्नासियो पुस्सेट्टोलाई लडाएपछि प्राप्त पेनाल्टीमा मिलानका गोलरक्षक जियानलुजी डोन्नररुम्माले सही दिशामा डाइभ दिएपनि रोड्रिगो गोल गर्न सफल भए ।

निर्धारित समयको खेल सकिन ७ मिनेट बाँकी रहँदा ज्लाटनले गोल गर्दै मिलानलाई २–१ को जित दिलाए । एन्टी रेविकको क्रसलाई सेवास्टिन डि माइयोले क्लियर गर्न नसकेको बललाई ज्लाटनले ओभर हेड किकमा गरेको प्रहारले पोस्टको दिशा लिएको थियो ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.