default_image

3 years ago

November 4, 2020

मेस्सीलाई विश्रामको आवश्यकता

एजेन्सी – बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीले यो सिजन क्लबले खेलका सबै ८ खेल खेलेका छन् । सबैमा उनमा ९० मिनेट नै बिताएका छन् । जसमा ६ खेल ला लिगाका र बाँकी २ खेल च्याम्पियन्स लिगका हुन् । ३३ वर्षे मेस्सीले सिजनको सुरुवाती २ महिनामा ७ सय २० मिनेट खेलिसकेका छन् । त्यसबाहेक अक्टुबरमा अन्तर्राष्ट्रिय […]

43 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीले यो सिजन क्लबले खेलका सबै ८ खेल खेलेका छन् । सबैमा उनमा ९० मिनेट नै बिताएका छन् । जसमा ६ खेल ला लिगाका र बाँकी २ खेल च्याम्पियन्स लिगका हुन् ।

३३ वर्षे मेस्सीले सिजनको सुरुवाती २ महिनामा ७ सय २० मिनेट खेलिसकेका छन् । त्यसबाहेक अक्टुबरमा अन्तर्राष्ट्रिय विश्रामका समयमा अर्जेन्टिनाका लागि पनि खेलेका थिए । रोनाल्ड कोम्यानले आफ्ना कप्तानलाई आराम दिने अवसर पाएका छैनन् ।

हरेक खेलमा हुने दबाबका कारण पनि उनी कप्तानलाई परिवर्तन गर्न चाहदैनन् । भिल्लारियल, सेल्टा भिगो र फेरानसभारोसविरुद्ध सहज अग्रता बनाएपछि पनि उनलाई परिवर्तन गरिएन । लगातार खेलिरहेका मेस्सीले सन्तोषजनक प्रदर्शन गरेपनि गोल भने गर्न सकिरहेका छैनन् । जारी सिजन उनले पेनाल्टीमा मात्र गोल गरेका छन् र यसले उनीमाथि अझ दबाब थपिएको छ ।

सन् २०१९ को अक्टुबरमा मासंपेशीको चोटबाट मुक्त भएयता मेस्सीले २ वटा खेल मात्र गुमाएका थिए । जसमा कोपा डेल रे र अर्को च्याम्पियन्स लिगको खेल थियो । त्यति बेला च्याम्पियन्स लिगमा समूह चरण पार गरिसकेका कारण उनलाई आराम दिइएको थियो ।

च्याम्पियन्स लिगको अर्को खेलमा बुधबार बार्सिलोनाले डिनामो किएभको सामना गर्दैछ । घरेलु मैदानमा बार्सिलोनाले सहज अग्रता लिएको खण्डमा भने कोम्यानले मेस्सीलाई अन्तिम केहि मिनेट आराम दिने सम्भावना रहेको बताइन्छ । तर, त्यसका लागि खेलमा बार्सिलोना बलियो अवस्थामा हुनुपर्ने हुन्छ ।

कोम्यानले पनि आफ्ना सबैभन्दा महत्त्वपूर्ण खेलाडीलाई आराम दिनुपर्ने महसुस गरेको हुनुपर्दछ । आउने दिनका खेललाई मध्यनजर गर्दै पनि उनका लागि आराम जरुरी भएको बताइन्छ । मेस्सीले नोभेम्बर दोस्रो साता अर्जेन्टिनाका लागि पाराग्वे र पेरुविरुद्ध विश्वकप छनोटका खेल खेल्नुपर्नेछ ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.