default_image

3 years ago

November 4, 2020

एटलेटिको बराबरीमा रोकियो

एजेन्सी – गोलरक्षक गिलेर्मे अल्भिमले उत्कृष्ट प्रदर्शन गर्दा रसियाली टोली लोकोमोटिभ मस्कोले स्पेनको एटलेटिको म्याड्रिडलाई १-१ को बराबरीमा रोकेको छ । खेलको १८ औं मिनेटमा जोसे मारिया जिमिनेजले गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाएका थिए । हेक्टर हरेराको पासमा जिमिनेजले गोल गर्दै पाहुना टोलीलाई अघि बढाएका थिए । तर अग्रता लिएको ७ मिनेटपछि उनै हरेराको ह्याण्डबलमा […]

37 views

0 Bookmark

एजेन्सी – गोलरक्षक गिलेर्मे अल्भिमले उत्कृष्ट प्रदर्शन गर्दा रसियाली टोली लोकोमोटिभ मस्कोले स्पेनको एटलेटिको म्याड्रिडलाई १-१ को बराबरीमा रोकेको छ ।

खेलको १८ औं मिनेटमा जोसे मारिया जिमिनेजले गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाएका थिए । हेक्टर हरेराको पासमा जिमिनेजले गोल गर्दै पाहुना टोलीलाई अघि बढाएका थिए । तर अग्रता लिएको ७ मिनेटपछि उनै हरेराको ह्याण्डबलमा मस्कोले पेनाल्टी पायो । रेफ्रीले भीएआरको सहायताले दिएको पेनाल्टीमा एन्टोलिन मिरान्चुकले गोल गर्दै खेल बराबरीमा ल्याए ।

एटलेटिकोले त्यसपछि खेलमा एकपक्षीय दबाब कायम गर्दै लगातार पोस्टमा आक्रमण गरेपनि गोलरक्षक गिलेर्मे बाधक बने । उनले एटलेटिकोको आधा दर्जन प्रहार विफल पारेका थिए । युवा फरवार्ड जोआओ फेलिक्सको दुई उत्कृष्ट प्रहार बचाएका उनले टोलीलाई पछि पर्नबाट जोगाएका थिए ।

यस बराबरीसँगै एटलेटिको समूहको दोस्रो स्थानमा सिमित भएको छ । एटलेटिकोको ३ खेलमा १ जित, १ बराबरी र १ हारसहित ४ अंक छ । शीर्षस्थानको बायर्न ३ खेलमा ३ जितसहित ९ अंकमा छ । लोकोमोटिभ मस्कोले २ अंक तथा आरबी साल्ज्बर्गले १ अंक जोडेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.