default_image

3 years ago

November 5, 2020

म्याराडोनालाई मेस्सीको सन्देश

एजेन्सी – अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले अर्जेन्टिनी फुटबल आइकन डिएगो म्याराडोनाको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । अर्जेन्टिना फुटबलका हस्ती तथा लेजेण्ड फरवार्ड डिएगो म्याराडोनाको मेस्सीको क्लिनिका ओलिभोस अस्पतालमा मंगलबार राति मस्तिष्कमा देखिएको ब्लड क्लटको सफल शल्यक्रिया गरिएको थियो । अहिले म्याराडोना अस्पतालमै आराम गरिरहेका छन् । मेस्सीले म्याराडोनाको नेतृत्वमा २०१० को विश्वकप खेलेको […]

46 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले अर्जेन्टिनी फुटबल आइकन डिएगो म्याराडोनाको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

अर्जेन्टिना फुटबलका हस्ती तथा लेजेण्ड फरवार्ड डिएगो म्याराडोनाको मेस्सीको क्लिनिका ओलिभोस अस्पतालमा मंगलबार राति मस्तिष्कमा देखिएको ब्लड क्लटको सफल शल्यक्रिया गरिएको थियो । अहिले म्याराडोना अस्पतालमै आराम गरिरहेका छन् ।

मेस्सीले म्याराडोनाको नेतृत्वमा २०१० को विश्वकप खेलेको थियो । यि दुई खेलाडीलाई एक अर्कासँग तुलना गरिएको छ । ‘डिएगो, संसारको सबै शक्ति, मेरो परिवार र म तपाईलाई सकेसम्म छिटो स्वास्थ्य भएको हेर्न चहान्छौं । अंकमाल छ,’ ३४ वर्षीय मेस्सीले इन्स्टाग्राममा म्याराडोनासहितको तस्विरसहित पोस्ट गरेका छन् ।

म्याराडोना अझै अस्पतालमा

म्याराडोना अहिले पनि अस्पतालमा रहेका छन् । उनको सफल शल्यक्रिया भएको बताइएको छ । यद्दपी उनको परिवार र समर्थकले उनको स्वास्थ्यलाई लिएर गम्भिर चासो देखाएका छन् । ‘उनको व्यवहार केहि अनौठो थियो,’ म्याराडोनाका वकिल माटिएस मोर्ला ले भनेका छन्,’ उनी कमजोर महसुस गरेका थिए । बिरामी भएका आफ्ना नातेदारका बारेमा कुरा गरिरहेका थिए । उनले तीन नातेदारलाई सम्झिरहेका थिए ।’

केहि दिन अघि मात्र ६० जन्म दिनको अवसरमा पनि म्याराडोनाले पुराना घटनाहरुलाई स्मरण गरेका थिए । ‘हरेक जन्म दिनमा उनी पुराना विषय स्मरण गर्छन्,’ मोर्लाले भने, ‘उनी जहिले पनि आफ्नो आमालाई सम्झिरहन्थे । तर अहिले स्थिति फरक भएको छ ।’

पछिल्ला केहि घन्टामा उनलाई विश्वभरका फुटबल खेलाडीले स्वास्थ्य लाभको कामना गरिरहेका छन् । त्यसमध्ये मेस्सीको सन्देशलाई विशेष रुपमा हेरिएको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.