default_image

3 years ago

November 7, 2020

चेल्सीलाई सेफिल्डको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगो आठौं चरणको खेलमा लन्डन क्लब चेल्सीले घरेलु मैदानमा सेफिल्ड युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल स्टामफोर्ड ब्रिजमा राति ११ः१५ बजे हुनेछ । अंक तालिकाको सातौ स्थानमा रहेको चेल्सी घरेलु मैदानमा सेफिल्डलाई पराजित गर्दै अंक तालिका सुधार गर्ने दाँउमा हुनेछ । चेल्सीको ७ खेलबाट १२ अंक रहेको छ । लिभरपुलसँग २–० ले […]

42 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगो आठौं चरणको खेलमा लन्डन क्लब चेल्सीले घरेलु मैदानमा सेफिल्ड युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल स्टामफोर्ड ब्रिजमा राति ११ः१५ बजे हुनेछ ।

अंक तालिकाको सातौ स्थानमा रहेको चेल्सी घरेलु मैदानमा सेफिल्डलाई पराजित गर्दै अंक तालिका सुधार गर्ने दाँउमा हुनेछ । चेल्सीको ७ खेलबाट १२ अंक रहेको छ । लिभरपुलसँग २–० ले पराजित भएयता पछिल्लो १० खेलमा अपराजित रहेको चेल्सी सोही अपराजित यात्रा कायम गर्ने लक्ष्यमा समेत हुनेछ ।

टिमो वेर्नर टोलीका लागि मुख्य हतियार हुदा गोलरक्षक इडुआर्ड मेन्डी पनि टोलीका लागि महत्वपुर्ण खेलाडी हुनेछन् । मेन्डी र चेल्सीले पछिल्लो ५ खेलमा गोल खाएको छैन । कोरोना संक्रमणका कारण मिडफिल्डर काई हार्भटज टोलीमा हुनेछैनन् ।

तर चेल्सीसँग एङ्गोलो कान्टे, हाकिम जियाच, मासन माउन्ट, ट्याम्मी अब्राहम, थियागो सिल्भा, बेन चिलवेल, कुर्ट जोउमा, रिस जेम्स र जर्गिन्होजस्ता खेलाडी रहेका छन् । यस्तै इमर्सन, माटियो कोभासिस, ओलिभर जिरुउड र एन्टेनियो रुडिगर पनि टोलीमा रहेका छन् ।

यता, सेफिल्ड चेल्सीलाई स्तब्ध पार्दै प्रिमियर लिगमा पहिलो जितको खोजीमा हुनेछ । सेफिल्ड १ अंक जोडेर पुछारमा रहेको छ । ओलिभर म्याकब्रुन, रिहान ब्रेस्टर, ओलिभर नरवुड, जोन इगान र गोलक्षक आरोन राम्सदाले टोलीमा छन् ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.