default_image

3 years ago

November 9, 2020

‘हारको जिम्मेवारी म लिन्छु’- जिदान

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिदाने जिदानले भ्यालेन्सियासँगको लज्जास्पद हारको जिम्मेवार आफूले लिने बताएका छन् । पछिल्ला केहि खेलमा ला लिगामा लयमा देखिएको रियललाई आइतबार भ्यालेन्सियाले भने ४–१ ले हराएको थियो । रियलले ३ पेनाल्टीमा र अर्को आत्मघाती गोलको सामना गरेको थियो । करिम बेन्जेमाको गोलबाट अग्रता लिएपनि रियल त्यसपछि खेलमा फर्कन पूर्ण रुपमा असफल […]

36 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिदाने जिदानले भ्यालेन्सियासँगको लज्जास्पद हारको जिम्मेवार आफूले लिने बताएका छन् । पछिल्ला केहि खेलमा ला लिगामा लयमा देखिएको रियललाई आइतबार भ्यालेन्सियाले भने ४–१ ले हराएको थियो ।

रियलले ३ पेनाल्टीमा र अर्को आत्मघाती गोलको सामना गरेको थियो । करिम बेन्जेमाको गोलबाट अग्रता लिएपनि रियल त्यसपछि खेलमा फर्कन पूर्ण रुपमा असफल भएको थियो ।

‘गोलपछि हामी रक्षापक्तिमा पूर्ण रुपमा असफल भयौं । हामीले जसरी खेलिरहेका थियौं त्यसमा पनि परिवर्तन भयो,’ जिदानले खेलपछि भने, ‘हाम्रा लागि सबै भयो । साच्चै भन्नुपर्दा हाम्रो खेल बुझ्न नै कठीन भयो । तर , त्यो सबैको जिम्मेवार म हो । मैले समस्याको समाधान निकाल्नुपर्दछ ।’

हारमा कुनै वहाना गर्न नमिल्ने पनि जिदानले बताए । ‘पहिलो गोलपछि हाम्रो रक्षापंक्तिले लय गुमायो । सबै गल्ती एकैपटक भयो,’ उनले भने, ‘साँचो भन्नुपर्दा हाम्रो रक्षापपंक्ति कसरी खेलिरहेको थियो भन्ने नै थाहा छैन ।’

पहिलो रोजाईका इडेन हाजार्ड र कासिमेरोलाई कोरोना संक्रमण भएपछि उनले इस्को र मार्सेलोलाई पहिलो रोजाईमा राखेका थिए । त्यो निर्णयको भने जिदानले बचाउ गरे । उनले भने, ‘यसमा पछुताउनु पर्ने केहि छैन । सबै रियलका खेलाडी हुन् र मैले पहिलो रोजाई छानें ।’

आइतबारको हारअघि च्याम्पियन्स लिगसहित ला लिगामा गरि ४ खेलम रियल अपराजित रहेको थियो । ८ खेलमा ५ जित १ बराबर र २ हार बेहोरेको रियल १६ अंक सहित अंक तालिकाको चौथो स्थानमा छ ।

रियल सोसिडाड (२० अंक), भिल्लारियल (१८) र एट्लेटिको म्याड्रिड (१७) शीर्ष तीन स्थानमा रहेका छन् । एक दिन अघि सानदार जित निकालेको बार्सिलोना ११ अंकसहित आठौं स्थानमा छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.