default_image

3 years ago

November 14, 2020

डेम्बेलेलाई सुवर्ण अवसर

एजेन्सी – सिजनमा उत्कृष्ट सुरुवात गरेका अन्सु फातीलाई चोट लागेपछि प्रशिक्षक रोनाल्ड कोम्यानमाथि दबाब बढेको छ । कम्तीमा ४ महिना मैदान बाहिर रहने भएपछि उनको ठाँउमा कसलाई खेलाउने भन्नेमा कोम्यान दुविधामा छन् । यस्तोमा ओसमाने डेम्बेलेले मौका पाउने अपेक्षा गरिएको छ । डेम्बेलेका आफू माथि भरोसना बढाउनका लागि एउटा मौका हुन सक्छ । आर्थिक अवस्थाका […]

49 views

0 Bookmark

एजेन्सी – सिजनमा उत्कृष्ट सुरुवात गरेका अन्सु फातीलाई चोट लागेपछि प्रशिक्षक रोनाल्ड कोम्यानमाथि दबाब बढेको छ । कम्तीमा ४ महिना मैदान बाहिर रहने भएपछि उनको ठाँउमा कसलाई खेलाउने भन्नेमा कोम्यान दुविधामा छन् ।

यस्तोमा ओसमाने डेम्बेलेले मौका पाउने अपेक्षा गरिएको छ । डेम्बेलेका आफू माथि भरोसना बढाउनका लागि एउटा मौका हुन सक्छ । आर्थिक अवस्थाका कारण बार्सिलोना जनवरीमा फातीको ठाँउमा नयाँ खेलाडी भित्राउन योजनामा नरहेको बताइएन्छ । त्यसले पनि डेम्बेलेले आफ्नो क्षमता देखाउने अवसर पाउने सम्भावना छ ।

कोम्यानले फ्रान्सेली फरवार्डर्ला यो सिजन खासै मौका दिएका छैनन् । सिजनको सुरुवातमा डेम्बेले लोनमा म्यानचेष्टर युनाइटेड जाने चर्चा चलेको थियो । तर, अहिले परिस्थिति बदलिएको छ । बार्सिलोनामा प्रमाणित गर्नका लागि डेम्बेले एउटा अन्तिम मौका पाउने सम्भावना छ । लामो समय बार्सिलोनामा रहनका लागि उनले पाएको मौकाको फाइदा उठाउन सक्नुपर्नेछ । अन्यथा जनवरीमा अर्को कुनै क्लब जानुपर्ने हुनसक्छ ।

बारुसिया डर्टमन्डका पूर्व खेलाडी अहिले मात्र २३ वर्षका छन्, तर उनले क्याटलान टोलीमा नियमित मौका भने पाएका छैनन् । १ सय ५ मिलियन युरोमा बार्सिलोना आएका उनले चोटका कारण अहिले सम्म ६० खेल गुमाइसकेका छन् । उनले टोलीमा आफ्नो स्थायी ठाँउ अझै बनाउन सकेका छैनन् ।

जसरी फातीले आफूलाई लेफ्ट विङ्समा स्थापित गरे । डेम्बेलेले भने इर्नेस्टो भाल्भार्डे वा किके सेटिनलाई प्रभाव पार्न सकेनन् । अहिलेको अवस्था हेर्दा कोम्यान डेम्बेलेलाई पहिलो रोजाईमामा राख्ने सम्भावना रहन्छ । फाती नहुँदा उनमा भरोसा गर्नुपर्ने बाध्यता पनि छ ।

फाती मार्चको अन्त्यसम्ममा फर्कने आशा गरिएको छ । यो अवधि सम्म डेम्बेले आफूलाई स्थापित गर्ने मौकाका रुपमा लिनुपर्नेछ । टोलीलाई थप मजबुत बनाउन आवश्यक देखिए पनि कोरानाका कारण उत्पन्न कठीन परिस्थितिले आर्थिक अवस्था सन्तोषजनक छैन । सरुवा बजार खुल्दासम्म डेम्बेले प्रभाव जनाउन सकेनन् भने क्लबले मेम्फिस डिपेलाई भित्राउने सम्भावना पनि छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.