default_image

3 years ago

November 14, 2020

फिर्मिनोको गोलमा ब्राजिलको जित

एजेन्सी – लिभरपुलका फरवार्ड रोबर्टो फिर्मिनोको गोलमा ब्राजिलले फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा भेनेजुएलालाई १-० ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले बल पोसेसनमा पकड जमाएपनि अनुशासित भेनेजुएलाको डिफेन्स तोड्न निकै संघर्ष गर्नुपर्यो । पहिलो अंक जोड्ने लक्ष्यसहित उत्रिएको भेनेजुएलाले पहिलो हाफमा गोल गर्ने निकै कम अवसर दिएको थियो । दोस्रो […]

62 views

0 Bookmark

एजेन्सी – लिभरपुलका फरवार्ड रोबर्टो फिर्मिनोको गोलमा ब्राजिलले फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा भेनेजुएलालाई १-० ले पराजित गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले बल पोसेसनमा पकड जमाएपनि अनुशासित भेनेजुएलाको डिफेन्स तोड्न निकै संघर्ष गर्नुपर्यो । पहिलो अंक जोड्ने लक्ष्यसहित उत्रिएको भेनेजुएलाले पहिलो हाफमा गोल गर्ने निकै कम अवसर दिएको थियो । दोस्रो हाफमा भने फिर्मिनोलो गोल गर्दै ब्राजिललाई अघि बढाए ।

खेलको ६७ औं मिनेटमा फिर्मिनोले भेनेजुएलाको डिफेन्सको गल्तिको फाइदा उठाउँदै गोल गरेका थिए । एभर्टन रिबिएरोको क्रसलाई ओसोरियोले क्लियर गर्न नसक्दा ६ यार्ड बक्सभित्र अनमार्क रहेका फिर्मिनोले सहजै गोलको दिशा दिएका थिए ।

त्यसअघि ब्राजिलले खेलको आठौं मिनेटमा नै अग्रता लिएपनि भीएआरले मान्यता दिएन । रिचार्रलीसनले गोल गएपनि भीएआरले मुभ बुन्ने क्रममा अफसाइड रहेको निर्णय दिएको थियो । पहिलो हाफको अन्त्यतिर ब्राजिलले अग्रता लिने अवसर पाएपनि डग्लस लुइजले अन्तिम प्रहार गर्नुअघि फल पाएपछि भेनेजुएलाले फ्रिकिक क्लियर गर्न सफल रहयो ।

यस जितसँगै ब्राजिल दक्षिण अमेरिकी छनोटमा लगातार तीन जित दर्ता गर्ने एक्लो टोली बनेको छ । तेस्रो चरणको खेल सकिँदा शीर्षस्थानमा रहेको ब्राजिलको ३ खेलमा ९ अंक छ । अर्जेन्टिना ३ खेलमा ७ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष ४ टोली स्वत: विश्वकप पुग्दा पाँचौ टोलीले प्लेअफ खेल्नेछ ।

इक्वेडर र उरुग्वे समान ६-६ अंकसहित शीर्ष चारमा अटाएका छन् । पाराग्वे पाँच अंकसहित पाँचौ स्थानमा छ । चिली र कोलोम्बियाको ४-४ अंक छ भने पेरुको १ अंक छ । भेनेजुएला र बोलिभियाले अंकको खाता खोल्न सकेका छैनन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.