default_image

3 years ago

November 15, 2020

एमबाप्पे र नेयमार राख्न संघर्षरत पिएसजी

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) र क्लबका निर्देशक लियोनार्दो टोलीका सुपरस्टारद्वय केलियन एमबाप्पे र नेयमारलाई गुमाउन चाहदैनन् । त्यसैले उनीको सम्झौता नविकरणका विषयमा प्रयास भइरहेको बताइएको छ । एमबाप्पे र नेयमार दुवैको अहिलेको सम्झौता सन् २०२१ को जुनमा समाप्त हुँदैछ । त्यसअर्थ क्लब उनीहरुसँग लामो सम्झौताका लागि प्रयासरत रहेको बताइन्छ । कोरोना भाइरसको महामारीका […]

41 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) र क्लबका निर्देशक लियोनार्दो टोलीका सुपरस्टारद्वय केलियन एमबाप्पे र नेयमारलाई गुमाउन चाहदैनन् । त्यसैले उनीको सम्झौता नविकरणका विषयमा प्रयास भइरहेको बताइएको छ ।

एमबाप्पे र नेयमार दुवैको अहिलेको सम्झौता सन् २०२१ को जुनमा समाप्त हुँदैछ । त्यसअर्थ क्लब उनीहरुसँग लामो सम्झौताका लागि प्रयासरत रहेको बताइन्छ ।

कोरोना भाइरसको महामारीका कारण अहिले फुटबल क्लबको आर्थिक अवस्था राम्रो छैन । पिएसजी पनि त्यसबाट अछुतो छैन । आर्थिक कारणले नेयमार र एमबाप्पेको भविष्यमा सिधा ठूलो असर त पर्नेछैन ।
ब्राजिलियन स्टारले भने पिएसजीमा सम्झौता नविकरणका लागि तयार रहेको जनाइसकेका छन् । एमबाप्पेको हकमा भने लिग वन च्याम्पियन क्लब ढुक्क हुन सकेको छैन । त्यसकारण पनि क्लबको चासो उनीमाथि बढी रहेको छ ।

एमबाप्पले नयाँ क्लब जान चाहेको बेला बेला सार्वजनिक हुने गरेको छ । यद्दपी विश्व कप विजेताले आउने दिनमा के गर्छन् अहिले स्पष्ट छैन । लियोनार्दोले भने क्लबका ठूला नामका खेलाडी उपाधि जित्ने लक्ष्यका साथ क्लबमै रहने विश्वास लिएका छन् । यद्दपी उनीहरुलाई क्लबमा राख्न सहज भने पक्कै हुने छैन ।

विश्व फुटबलका उत्कृष्ट मानिएका मध्ये रियल म्याड्रिय वा बार्सिलोना कसैको पनि अहिलेको अवस्थामा आर्थिक अवस्था मजबुत छैन । फ्रान्सेली टोलीले युरोपियन फुटबलमा दबदबा कायम राख्ने अपेक्षा राखेको छ । त्यसका लागि नेयमार र एमबाप्पे टोलीका मुख्य हतियार हुन् । अघिल्लो सिजन जस्तै यसपटक पनि टोलीले च्याम्पियन्स लिगको फाइनलको यात्रा तय गर्नेमा क्लब आशावादी छ ।

‘आउने ५ वर्षमा पिएसजीले सबैलाई हराउने छ’, लियोनार्दोले भनेका छन्, ‘फुटबल एउटा चक्र हो । क्लबहरुको सुखद दिन पनि आउँछ । अहिले भने सबैका लागि कठीन समय हो ।’

क्लबको खेलकुद परियोजनाका लागि एमबाप्पे उच्च प्राथमितामा रहेका खेलाडी हुन् । त्यसैले पिएसजी उनलाई गुमाउन चाहदैन । नेयमारले सम्झौता बढाउनेछन् । उनी र उनका बाबु क्लबको परियोजनालाई नजिकबाट नियालिरहेका छन् । उनले यहि क्रममा थुप्रै प्रायोजक पनि पाएका छन् ।

वार्षिक रुपमा उनी ३७ मिलियन युरो कमाईरहेका छन् । २८ वर्षे उनी विश्व फुटबलमा सर्वाधिक कमाउने खेलाडीको दोस्रो नम्बरमा छन् । क्लब र सहरका कारण नेयमार पेरिसलाई आफ्नो घर जस्तै मान्छन् भन्ने बुझाई रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.