default_image

3 years ago

November 17, 2020

नेपालको सिरिजमा फर्कने लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेश भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण सिरिजको दोस्रो खेलमा आज बंगलादेशको राष्ट्रिय टोलीको सामना गर्दैछ । खेल नेपाली समयानुसार साँझ ४:४५ बजे ढाकास्थित बंगबन्धु रंगशालामा हुनेछ । नेपालले पहिलो खेल २-० ले गुमाएपछि अब सिरिज उपाधि जित्न त्यस नतिजालाई सुधार्नुपर्ने हुन्छ । नेपालले २-० ले जिते खेल टाइब्रेकरमा पुग्नेछ भने त्योभन्दा कम अन्तरले जिते वा खराब नतिजा हासिल गरे उपाधि गुमाउनेछ । पहिलो खेलको प्रदर्शन हेर्दा नेपालले टोलीमा निकै […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेश भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण सिरिजको दोस्रो खेलमा आज बंगलादेशको राष्ट्रिय टोलीको सामना गर्दैछ । खेल नेपाली समयानुसार साँझ ४:४५ बजे ढाकास्थित बंगबन्धु रंगशालामा हुनेछ ।

नेपालले पहिलो खेल २-० ले गुमाएपछि अब सिरिज उपाधि जित्न त्यस नतिजालाई सुधार्नुपर्ने हुन्छ । नेपालले २-० ले जिते खेल टाइब्रेकरमा पुग्नेछ भने त्योभन्दा कम अन्तरले जिते वा खराब नतिजा हासिल गरे उपाधि गुमाउनेछ । पहिलो खेलको प्रदर्शन हेर्दा नेपालले टोलीमा निकै सुधार गर्नुपर्ने देखिन्छ ।

प्रशिक्षक बालगोपाल महर्जनले खेलको पूर्वसन्ध्यामा बोल्दै आफ्नो टोली खेलको लागि तयार रहेको बताए । ‘दोस्रो खेलको लागि तयारी अवस्थामा छौं । पहिलो खेलको कमि कमजोरी मुल्यांकन गरेर दोस्रो खेलको लागि योजना बनाएका छौं । भोलिको खेलको लागि आक्रमणमा बल राख्ने देखि बढी अवसर सिर्जना गर्ने रणनीति बुन्नेछौं,’ उनले भने ।

‘पहिलो खेलमा रक्षात्मक खेल्दा बल पोसेसन होल्ड गर्न सकेनौं । मार्कीङमा पनि हामीले सोचेजस्तो प्रदर्शन भएन । लामो समयपछि मैदान फर्किएको कारण समन्वयमा कमी देखिएको थियो ।’

‘नयाँ खेलाडी रहेकाले पनि तालमेल देख्न सकिएन । सिनियर र जुनिएरबीच एक आपसमा केहि कमजोर देखियो । सुरुवाती एघारमा केहि परिवर्तन हुन्छ होला ।’

‘हाम्रो लागि सिरिजको हिसाबले जित आवश्यक छ । त्यसका लागि प्रदर्शन र उच्च मनोबल चाहिन्छ । केहि खेलाडी पूर्ण फिट नभएपनि हामीले सक्दो राम्रो टोली उतार्नेछौं,’ उनले थपे, ‘यस्तो अवस्थामा दर्शकहरुले साथ दिनुभएको छ । हामीले अहिले फुटबलमा फर्कियौं र खेलाडीहरु पनि आफ्नो सक्दो मिहिनेत गरेका छन् ।’

फरवार्ड नवयुग श्रेष्ठले सिरिज जित्न अब बंगलादेशको नतिजालाई सुधार्नुको विकल्प नरहेको बताए । ‘हामीभन्दा बंगलादेशले अलि चांडो प्रशिक्षण सुरु गरेको भएर केहि फाइदा भयो । हाम्रो पहिलो हाफमा मिसपास भयो । हामी अलिकति कमजोर नै देखियौं । तर दोस्रो खेलमा हामीले जित्नुपर्ने स्थिति छ । दोस्रो खेलमा २-० वा ३-० ले जित्नुपर्छ,’ उनले भने ।

मिडफिल्डर सुजल श्रेष्ठले पनि फिटनेसमा केहि कमजोर देखिएको स्वीकारे । ‘लामो समयपछि फुटबल फर्कियो । हामीले सक्दो मिहिनेत गरेको हौं । दोस्रो खेलमा गल्ति सुधार गरेर खेल्ने अवसर रहेको छ । म्याच फिटनेसमा नै केहि समस्या देखिएको थियो । त्यसलाई सुधार गर्दै अगी बढ्नेछौं,’ उनले भने ।

नेपाल र बंगलादेशबीच खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डटकम मार्फत पनि हेर्न सक्नुहुनेछ । खेल बंगलादेशको टी स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्दैछ ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.