default_image

3 years ago

November 20, 2020

बार्सिलोनाले नचाहेको सुआरेज

एजेन्सी – पछिल्ला केहि दिनमा उरुग्वे तथा एट्लेटिको म्याड्रिडका फरवार्ड लुइस सुआरेज चर्चामा छन् । बार्सिलोनामा रहँदाका केहि स्मरण केहि दिन अघि सर्वजनिक गरेको सुआरेज कोरोना संक्रमणका कारण अहिले मैदान बाहिर छन् । यसैबीच, उनले बार्सिलोनामा चार वर्षका लागि सम्झौताको प्रस्ताव गरेको खुलासा गरेका छन् । यदि त्यो सम्झौता हुन्थ्यो भने सुआरेज ३७ वर्षको उमेर […]

54 views

0 Bookmark

एजेन्सी – पछिल्ला केहि दिनमा उरुग्वे तथा एट्लेटिको म्याड्रिडका फरवार्ड लुइस सुआरेज चर्चामा छन् । बार्सिलोनामा रहँदाका केहि स्मरण केहि दिन अघि सर्वजनिक गरेको सुआरेज कोरोना संक्रमणका कारण अहिले मैदान बाहिर छन् ।

यसैबीच, उनले बार्सिलोनामा चार वर्षका लागि सम्झौताको प्रस्ताव गरेको खुलासा गरेका छन् । यदि त्यो सम्झौता हुन्थ्यो भने सुआरेज ३७ वर्षको उमेर सम्म त्यहि हुने थिए । तर, बार्सिलोना बोर्ड त्यसमा इच्छुक देखिएन ।

त्यति बेला घुडाँको चोट पीडित सुआरेजले माग गरे जस्तो बार्सिलोना दिन तयार भएन । टोलीले उनलाई २ वर्षको सम्झौता गर्यो । त्यसको अर्थ थियो, बार्सिलोनाले आफ्नो विकल्पमा खेलाडी तयार पार्ने योजनामा रहेको उनले बुझेका थिए । पछिल्लो सिजन उनले सोचे अनुरुप प्रदर्शन गर्न सकेनन् । उनी अर्को एक वर्ष बार्सिलोनामा सम्झौता रहँदा रहँदै अन्ततः छाड्ने निर्णयमा पुगेका थिए ।

बार्सिलोना १५ उपाधि, १ सय ९६ गोल

रोनाल्ड कोम्यान प्रशिक्षकका रुपमा बार्सिलोना पुगेपछि उनले आफ्नो योजनामा नरेहका खेलाडीलाई फोन गरे । जसमा सुआरेज पनि थिए । यद्दपी क्लबमै रहेको खण्डमा विकल्पका रुपमा उनलाई प्रयोग गर्न सकिने कोम्यानले बताएका थिए ।

कोम्यानको योजनामा नरहेको बुझेपछि सुरुआरेजले एट्लेटिको सँग २ वर्षको सम्झौता गरे । जहाँ उनले सन्तोषजनक प्रदर्शन गरिरहेका छन् । उनले ९ खेलमा ५ गोल गरिसकेका छन् ।

बार्सिलोनामा ५ सिजन रहँदा सुआरेजले १ सय ९६ गोल गर्दै १५ उपाधि जितेका थिए । सुआरेजले क्लब छाड्दा सबैभन्दा बढी दुःखी लिओनल मेस्सी रहेको बताइन्थ्यो । उनीहरुबीचको सम्बन्ध अहिले पनि राम्रो रहेको बताइन्छ ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.