default_image

3 years ago

November 22, 2020

म्यानचेस्टर सिटीलाई हराउँदै टोटेनहम शीर्षस्थानमा

एजेन्सी – जोसे मोउरिन्होको प्रशिक्षणमा रहेको टोटेनहम हट्सपर इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार म्यानचेस्टर सिटीलाई पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । टोटेनहमले घरेलु मैदानमा २-० को जित दर्ता गर्न सफल रहयो । टोटेनहमको जितमा ह्युङ मिन सन र जिओभानी लो सेल्सोले १-१ गोल गरे । खेल अवधिभर सिटीले बल पोसेसनमा पकड जमाउँदै आक्रमणको […]

43 views

0 Bookmark

एजेन्सी – जोसे मोउरिन्होको प्रशिक्षणमा रहेको टोटेनहम हट्सपर इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार म्यानचेस्टर सिटीलाई पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

टोटेनहमले घरेलु मैदानमा २-० को जित दर्ता गर्न सफल रहयो । टोटेनहमको जितमा ह्युङ मिन सन र जिओभानी लो सेल्सोले १-१ गोल गरे । खेल अवधिभर सिटीले बल पोसेसनमा पकड जमाउँदै आक्रमणको प्रयास गरेपनि मोउरिन्होको रक्षात्मक रणनीतिसामु पेप गुआर्डीओलाको टोलीले गोल गर्न सकेन । पहिलो हाफमा बराबरी गोल गरेपनि भीएआरले ह्यान्ड भएको निर्णय दिएपछि गोल मान्य भएको थिएन ।

खेलको पाँचौ मिनेटमा नै टोटेनहमले सनको गोलमा अग्रता लिएको थियो । टांगी एनडोम्बेलेको चिप पासलाई सनले अफसाइड ट्रयाप बिट गर्दै नियन्त्रणमा लिदै अघि बढेका गोलरक्षक एडरसन मोराएसको खुट्टा मुनिबाट गोल गरेका थिए । पहिलो आक्रमणमै गोल गर्न सफल टोटेनहमले त्यसपछि रक्षात्मक खेल खेलेको थियो ।

२७ औं मिनेटमा सिटीले गोल फर्काएपनि भीएआरले त्यसलाई मान्यता दिएन । एमेरिक लापोर्टले ग्याब्रिएल जेससको पासमा गोल गरेका थिए । तर भीएआरमा जेससले पास दिनुअघि बल नियन्त्रण गर्दा हातको प्रयोग गरेको देखिएको थियो । सिटीले पहिलो हाफमा सटिक आक्रमण बुन्न सकेको थिएन ।

दोस्रो हाफमा पनि बल पोसेसन राख्दै आक्रमण बुनेको सिटीले टोटेनहमको अनुशासित डिफेन्स तोड्न सकेन । जवाफमा मोउरिन्होले खेलाडी परिवर्तन गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । ६५ औं मिनेटमा मैदान प्रवेश गरेको ३० सेकेन्ड नबित्दै मिडफिल्डर लो सेल्सोले गोल गरे । उनले ह्यारी केनको पासलाई पेनाल्टी क्षेत्रभित्र लग्दै अघि बढेका गोलरक्षक एडरसनलाई बिट गर्न सफल रहे ।

यस जितसँगै टोटेनहम अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । ९ खेलमा ६ जित, २ बराबरी र १ हारसहित लन्डन क्लबले २० अंक जोडेको छ । पराजित म्यानचेस्टर सिटी भने ८ खेलमा १२ अंक जोड्दै दशौं स्थानमा छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.