default_image

3 years ago

November 24, 2020

बिल्वाओको चार गोल

एजेन्सी – स्पेनिस ला लिगामा एथ्लेटिको बिल्वाओले रियल बेटिसमाथि ४–० को सानदार जित हात पारेको छ । बिल्वाओको जितमा एन्डर कापा, इकर मुनिएन र एलेक्स बेरेनगुएरले समान एक गोल गरे । एक गोल उपहार पाएको थियो । पहिलो र दोस्रो हाफमासमान २–२ गोल सम्भव भएको थियो । बिल्वाओमा सोमबार राति भएको खेलमा घरेलु टोलीले खेलको […]

47 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा एथ्लेटिको बिल्वाओले रियल बेटिसमाथि ४–० को सानदार जित हात पारेको छ ।

बिल्वाओको जितमा एन्डर कापा, इकर मुनिएन र एलेक्स बेरेनगुएरले समान एक गोल गरे । एक गोल उपहार पाएको थियो । पहिलो र दोस्रो हाफमासमान २–२ गोल सम्भव भएको थियो ।

बिल्वाओमा सोमबार राति भएको खेलमा घरेलु टोलीले खेलको नवौं मिनेटमा भिक्टर रुइजको आत्मघाती गोलबाट अग्रता लिएको थियो । ३३औं मिेनटमा एन्डर कापाले गोल गर्दै बिल्वाओको अग्रता दोब्बर पारे ।

५९औं मिनेटमा इकर मुनिएनले गोल गर्दै बिल्वाओलाई सहज जिततर्फ अघि बढाए । ६८औं मिनेटमा एलेक्सले गोल गर्दै बिल्वाओलाई ४–० को फराकिलो जित दिलाए ।

यो जितसँगै बिल्वाओ ९ खेलबाट १२ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित रियल बेटिस १० खेलबाट १२ अंकसहित १२औं स्थानमा रहेको छ ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.