default_image

3 years ago

November 26, 2020

‘रियल फरक स्तरको टोली’

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार रियल म्याड्रिडसँग हार बेहोरेपछि इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले स्पेनिस टोलीको प्रशंसा गरेका छन् । समूह चरणको चौथो खेलमा रियल म्याड्रिडले २-० को जित हासिल गरेपछि कोन्टेले रियल म्याड्रिड फरक स्तरको टोली रहेको अभिव्यक्ति दिएका हुन् । पहिलो हाफमा इडेन हाजार्डले पेनाल्टीमा अग्रता दिलाएपछि दोस्रो हाफमा रोड्रीगोले गोल […]

47 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार रियल म्याड्रिडसँग हार बेहोरेपछि इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले स्पेनिस टोलीको प्रशंसा गरेका छन् ।

समूह चरणको चौथो खेलमा रियल म्याड्रिडले २-० को जित हासिल गरेपछि कोन्टेले रियल म्याड्रिड फरक स्तरको टोली रहेको अभिव्यक्ति दिएका हुन् । पहिलो हाफमा इडेन हाजार्डले पेनाल्टीमा अग्रता दिलाएपछि दोस्रो हाफमा रोड्रीगोले गोल गर्दै जित पक्का गरेका थिए । रियलले च्याम्पियन्स लिगमा खराब सुरुवात गरेपनि लगातार जितसँगै लय समातेको छ ।

कोन्टेले यसैपनि रियल बलियो टोली भएकोमा भिडालको रातो कार्ड खाएपछि खेलमा फर्कन निकै कठिन भएको बताए । ‘रियल म्याड्रिडजस्तो ठूलो क्लबविरुद्ध खेल्नु कठिन हुन्छ । तर जब एक गोल खाएपछि एक खेलाडी कम हुन्छन्, त्यो असम्भव जस्तै हुन पुग्छ,’ कोन्टेले भने ।

‘हामीले आजको खेलमा रियल र इन्टरबीच फरक प्रष्ट देख्यौं । यसले हामीलाई असर गर्नु भने हुन् । यसले हामीलाई बाटो देखाएर आफ्नो कमजोरी सुधार्ने अवसर दिएको छ । हामीले अझै कडा मिहिनेत गरेर अघि बढ्न जरुरि छ ।’

‘हामी आक्रमणमा कमजोर टोली होइनौं । तर डिफेन्समा कमजोरी हुँदा गोल खाएपछि हाम्रो खेलमाअसर परेको छ । हामीले यो अवस्थाबाट उठ्न सिक्नुपर्छ । म्याड्रिडमा भएको खेलमा २-० ले पछि परेपनि हामी पुनरागमन गर्न सफल भएका थियौं । तर हिजो गोल खाएपछि १० खेलाडीमा समेटिन पुग्दा हामी माथि उठ्न सकेनौं ।’

‘रियलले पछिल्लो केहि वर्षयता च्याम्पियन्स लिगमा दबदबा कायम गरेको छ । हाम्रो खेल्ने शैलीमा समस्या होइन, मैले खेलाडीहरुलाई पनि धयावाद दिएको छु । हार र जित खेलको स्वभाविक पाटो हो ।’

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.