default_image

3 years ago

November 30, 2020

चेल्सी र टोटेनहम बराबर

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा निकै नै महत्वपुर्ण खेलमा लन्डन क्लब चेल्सी र टोटेनहम हस्टपरले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीले टोटेनहम शीर्षस्थानमा उक्लिएको छ । समान २१ अंक नै भएपनि टोटेनहमले लिभरपुललाई गोलअन्तरमा पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । चेल्सी १९ अंकसहित तेस्रो स्थानमा यथावत छ । स्टामफोर्ड ब्रिजमा आइतबार राति […]

48 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा निकै नै महत्वपुर्ण खेलमा लन्डन क्लब चेल्सी र टोटेनहम हस्टपरले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो बराबरीले टोटेनहम शीर्षस्थानमा उक्लिएको छ । समान २१ अंक नै भएपनि टोटेनहमले लिभरपुललाई गोलअन्तरमा पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । चेल्सी १९ अंकसहित तेस्रो स्थानमा यथावत छ ।

स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा घरेलु टोलीले बल पोजेसनमा पकड बनाएपनि फिनिसिङ गर्न नसक्दा टोटेनहमसँग बराबरी खेल्न बाध्य बन्यो । टोटेनहमले पनि केही मुभहरु बनाउदा गोलरक्षक इडुआर्ड मेन्डी बाधक बनेका थिए ।

खेलको नवौं मिनेटमा काउन्टर अट्याकमा ह्युङ मिन सन र ह्यारी केनको समन्वयमा बनेको मुभमा स्टेभन वर्जवाइनको प्रहार क्रसबारबाट बाहिरियो । ११औं मिनेटमा टिमो वेर्नरले गोल गरेपनि उनी अफसाइड पोजिसनमा रहेकाले गोलले मान्यता पाएन ।

१५औं मिनेटमा सर्जी औरिएरको प्रहारलाई गोलरक्षक मेन्डीले सहजै बचाए । २८औं मिनेटमा मासन माउन्टले मोउसा सिसोकोलाई बिट गर्दै गरेको प्रहार आकासिदा चेल्सी अग्रता लिनबाट चुक्यो । ४९औं मिनेटमा रिस जेम्सको उत्कृष्ट क्रसमा ट्याम्मी अब्राहम चुके ।

५१औं मिनेटमा जेम्सकै पासमा अब्राहमले गोल गर्न सकेनन् । ६७औं मिनेटमा बिन चिलवेलको पासमा हाकिम जियचको हाफभली सट पोस्टबाट थोरै बाहिरियो । ८१औं मिनेटमा मासन माउन्टको प्रहारलाई टोटेनहमका गोलरक्षक ह्युगो लोरिसले बचाउदै चेल्सीको अग्रता टारे ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा जोइ रोडोनले ह्युगो लोरिसलाई ब्याक पासलाई ओलिभर जिरुउडले नियन्त्रणमा लिदै गरेको प्रहार लोरिसकै हातमा पुग्यो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.