default_image

3 years ago

December 3, 2020

मेस्सीसँग खेल्ने नेयमारको चाहना

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिली स्टार फरवार्ड नेयमारले आफ्नो पुर्व सहयात्री अर्जेन्टिनी तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीसँग खेल्ने चाहना रहेको बताएका छन् । च्याम्पियन्स लिगको समूह चरणको पाँचौ राउन्डको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमाथि ३–१ को महत्वपुर्ण जित निकालेपछि नेयमारले मेस्सीसँग खेल्ने चाहना रहेको बताएका हुन् । उक्त […]

41 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिली स्टार फरवार्ड नेयमारले आफ्नो पुर्व सहयात्री अर्जेन्टिनी तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीसँग खेल्ने चाहना रहेको बताएका छन् ।

च्याम्पियन्स लिगको समूह चरणको पाँचौ राउन्डको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमाथि ३–१ को महत्वपुर्ण जित निकालेपछि नेयमारले मेस्सीसँग खेल्ने चाहना रहेको बताएका हुन् । उक्त खेलमा नेयमारले दुई गोल गरेका थिए ।

नेयमारले मेस्सीसँग कुन क्लबबाट खेल्ने भन्ने पुष्टि गरेका छैनन् । तर, पीएसजी, म्यानचेस्टर सिटी र बार्सिलोनामध्ये एक टोलीबाट उनीहरुले खेल्न सक्नेछन् ।

नेयमार २०१७ मा विश्व कीर्तिमानी मुल्य १९८ मिलियन पाउन्डमा पीएसजी पुगेका थिए । त्यसअघि चार वर्ष मेस्सी र नेयमारले सँगै ड्रेसिङ रुम शेयर गरेका थिए । बार्सिलोनासँग मेस्सीको सम्झौता २०२१ जुनसम्म अर्थात ६ महिनासम्म रहेको छ ।

‘म पुनः मेस्सीसँग खेल्न चहान्छु । मलाई के चाहिएको छ, मेस्सीसँग फेरि खेल्नुछ । उनीसँग पिचमा रमाउनु छ । म पक्का छु कि अर्काे सिजन हामीसँगै हुन सक्छौं,’ नेयमारले इएसपिएनसँग भने,‘ उनी मेरो ठाँउमा खेल्न सक्छन् । त्यसमा कुनै समस्या हुँदैन । म उनीसँग खेल्न चाहान्छु र मलाई विश्वास छ अर्को सिजन त्यो सम्भव छ ।’

पीएसजीसँग नेयमारको सम्झौता २०२२ सम्म रहेको छ । मेस्सीले भने यसै समरमा बार्सिलोनाबाट बाहिरिन खोजेका थिए । तर, बार्सिलोनाले उनलाई रोक्न सफल भएको थियो । इंग्लिस क्लब म्यानचेस्टर सिटीले अनुबन्धको प्रयास गरेका थिए । अहिले मेस्सीको गन्तव्य तय भइसकेको छैन ।

पीएसजीका स्टार नेयमारले स्पेनमा चार वर्ष रहँदा ठुलो सफलता चाखेका थिए । नेयमार २०१३ मा ब्राजिली क्लब सान्तोषबाट बार्सिलोना आएका थिए । नेयमारले बार्सिलोनाबाट दुई स्पेनिस ला लिगा, तीन कोपा डेल रे, एक स्पेनिस सुपर कप, एक क्लब फिफा विश्वकप र एक च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

उनले गत सिजन पीएसजीबाट लिग वानमा ४४ खेलमा ३१ गोल र २७ असिस्ट दिएका थिए । नेयमारले गत सातामात्रै लिग वानमा ५० खेलमा ५१ गोल गर्दै लिग वानमा सबैभन्दा छिटो गोल गर्ने कीर्तिमान बनाएका छन् ।

बार्सिलोनाका अध्यक्ष पदका उम्मेदवार टोनी फ्रेइसाले आफु अध्यक्षमा निर्वाचित भए नेयमारलाई अनुबन्ध गर्ने बताएका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.