default_image

3 years ago

December 3, 2020

डर्टमुन्ड फरवार्ड हालान्ड घाइते

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा फरवार्ड एर्लीङ हालान्ड चोटका कारण जनवरी सम्म मैदानबाहिर रहने भएका छन् । जर्मन क्लबले हालान्डले ह्यामस्ट्रीङमा चोट बोकेपछि मैदानबाहिर रहने पक्का भएको हो । उनी जनवरीसम्म बाहिर रहने छन् । च्याम्पियन्स लिगमा लाजियोविरुद्ध खेल्नुअघि उनलाई चोट लागेको पक्का भएको हो । प्रशिक्षक लुसियन फाभ्रले हालान्डलाई पर्याप्त विश्राम नपुगेको […]

21 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा फरवार्ड एर्लीङ हालान्ड चोटका कारण जनवरी सम्म मैदानबाहिर रहने भएका छन् ।

जर्मन क्लबले हालान्डले ह्यामस्ट्रीङमा चोट बोकेपछि मैदानबाहिर रहने पक्का भएको हो । उनी जनवरीसम्म बाहिर रहने छन् । च्याम्पियन्स लिगमा लाजियोविरुद्ध खेल्नुअघि उनलाई चोट लागेको पक्का भएको हो । प्रशिक्षक लुसियन फाभ्रले हालान्डलाई पर्याप्त विश्राम नपुगेको कारण चोट लागेको स्वीकारे ।

‘हालान्ड जनवरीसम्म खेल्न सक्दैनन् । उनले केहि धेरै नै खेले जस्तो लाग्यो,’ फाभ्रले भने, ‘हामीले सुरुवातमा यति खराब हुन्छ भन्ने लागेको थिएन । तर अब भने उनले खेल्न सक्दैनन् ।’

यसै जनवरीमा आरबी साल्जबर्गबाट डर्टमुन्ड आएका २० वर्षीय हालान्डले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले गत सिजन १८ खेलमा १५ गोल गरेका थिए । यस सिजन उनले अझ प्रदर्शन सुधार्दै १४ खेलमा १७ गोल गरिसकेका छन् ।

डर्टमुन्डले यस महिना ७ खेल खेल्नुपर्ने छ । च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलसँगै डर्टमुन्डले जर्मन बुन्डेसलिगा र जर्मन कपको खेल पनि खेल्दैछ । अब हालान्डको अनुपस्थितिमा १६ वर्षीय युवा फरवार्ड यौसौफा मौकोकोले डर्टमुन्डको आक्रमण सम्हाल्ने छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.