default_image

3 years ago

December 5, 2020

म्यानचेस्टर सिटी चौथो स्थानमा उक्लियो

एजेन्सी – इंग्लिस मिडफिल्डर रहिम स्टर्लिङ र बेल्जियन मिडफिल्डर केभिन डि ब्रुयनको गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा फुलहमलाई २–० ले पराजित गरेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा सिटीले खेलको पाँचौ मिनेटमा रहिम स्टर्लिङको गोलबाट अग्रता लिएको थियो उनले केभिन डि ब्रुयनको पासमा गोल गरेका थिए ।१३औं मिनेटमा रियाद महारेजको […]

27 views

0 Bookmark

एजेन्सी – इंग्लिस मिडफिल्डर रहिम स्टर्लिङ र बेल्जियन मिडफिल्डर केभिन डि ब्रुयनको गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा फुलहमलाई २–० ले पराजित गरेको छ ।

घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा सिटीले खेलको पाँचौ मिनेटमा रहिम स्टर्लिङको गोलबाट अग्रता लिएको थियो उनले केभिन डि ब्रुयनको पासमा गोल गरेका थिए ।
१३औं मिनेटमा रियाद महारेजको पासमा ब्रुयनको प्रहार रिडलाई डिफ्लेक्ट हुदै गोलरक्षकको हातमा पुग्यो ।

२६औं सिटीले पेनाल्टीमार्फत अग्रता दोब्बर बनायो । जोआचिम एन्डरसनले पेनाल्टी बक्समा रहिम स्टर्लिङलाई फल गरेपछि प्राप्त पेनाल्टीलाई केभिन डि ब्रुयनले चुकाएनन् । ३०औं मिनेटमा जोन्स स्टोन्स आत्मघाती गोलबाट बच्दा फुलहमले गोलअन्तर घटाउन सकेन ।

उनले ब्याकपासलाई नियन्त्रणमा लिन नसक्दा गोलरक्षक इडर्सन मोएसले गोललाइनबाट बचाए । ३२औं मिनेटमा महारेज र स्टर्लिङको समन्वयमा बनेको मुभलाई अलफन्सो एरेओलाले विफल पारे ।

५०औं मिनेटमा काउन्टर एट्याकमा गाब्रियल जेससले मिलाइदिएको पासमा केभिन डि ब्रुयनको प्रहार क्रसबार लाग्दै बाहिरिदा सिटीले थप अग्रता बढाउन सकेन । ५७औं मिनेटमा डि ब्रुयनको प्रहारमा गोलरक्षक एरेओला नै बाधक बने । ७६औं मिनेटमा एनगुइसाको पासमा काभालेइरो प्रहारलाई सिटीका गोलरक्षक इडर्सन मोराएसले बचाए ।

यो जितसँगै सिटी १० खेलबाट १८ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । समान १८ अंक नै भएपनि लेस्टर सिटी गोलअन्तरमा चौथो स्थानमा छ । पराजित फुलहम ७ अंक जोडेर १७औं स्थानमा छ ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.