default_image

3 years ago

December 12, 2020

डर्बीअघि रियललाई सुखद खबर

एजेन्सी – रियल म्याड्रिड समूह चरणको अन्तिम खेलमा विजयी हुँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगिसकेको छ । अब टोली फेरि ला लिगाको तयारीमा जुटिसकेको छ । शनिबार हुने एट्लेटिको म्याड्रिडसँगको डर्बी खेलका लागि टोलीले शुक्रबार अन्तिम अभ्यास गरेको थियो । डानी कार्भाजाल पूरा प्रशिक्षणमा सामेल भए । फेडे भाल्भार्डेले पनि प्रशिक्षणमा जुटे । जसले […]

25 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिड समूह चरणको अन्तिम खेलमा विजयी हुँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगिसकेको छ । अब टोली फेरि ला लिगाको तयारीमा जुटिसकेको छ ।

शनिबार हुने एट्लेटिको म्याड्रिडसँगको डर्बी खेलका लागि टोलीले शुक्रबार अन्तिम अभ्यास गरेको थियो । डानी कार्भाजाल पूरा प्रशिक्षणमा सामेल भए । फेडे भाल्भार्डेले पनि प्रशिक्षणमा जुटे । जसले जिनेदिन जिदानलाई बढी विकल्प मिलेको छ । कार्भाजाल बोरुसिया मोन्चेग्लाडबाकविरुद्धको खेलका लागि नै तयार थिए ।

तर जिदानले लुकास भाज्क्वेजलाई नै राइट ब्याकमा खेलाए । उनी कार्भाजाललाई लिएर जोखिम उठाउन चाहेनन् । लुकासले मौकाको फाइदा उठाए र च्याम्पिन्स लिगको त्यो महत्वपूर्ण खेलमा लुकास नै सबैभन्दा प्रभावशाली खेलाडी बने ।

सर्जियो आरीबासले पनि मध्य सातामा खेले । शुक्रबारको अभ्यासमा उनी सामेल भए । डर्बीमा उनी पनि खेल्ने सम्भावना छ । तर, चोटका इडन हाजार्ड, मार्टिन ओडेगार्ड, लुका जोभिच, मारिनियो डिएज भने ला लिगाको अहिलेको शीर्ष टोलीविरुद्ध खेल्ने छैनन् ।

शीर्ष स्थानमा रहेको एट्लेटिको २६ अंक छ भने साविक विजेता रियल चौथो स्थानमा रहेको छ । रियलको २० अंक छ । २५ अंकसहित रियल सोसिडाड दोस्रो र भिल्लारियल २१ अंकसहित तेस्रो स्थानमा छ । १४ अंक जोडेको बार्सिलोना नवौं स्थानमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.