default_image

3 years ago

December 12, 2020

नेयमारद्वारा फिफाको घुमाउरो आलोचना

एजेन्सी – बायर्न म्युनिखका रोबेर्टो लेवान्डोवस्की, युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लिओनल मेस्सी द वेष्ट अवार्डको अन्तिम ३ मा छनोट हुँदा नेयमार भने त्यसमा पर्न असफल भएका छन् । फिफाले अन्तिम ३ को नामावली सार्वजनिक गरेको केहि समयपछि नेयमारले लगातार दुई ट्विट गर्दै घुमाउरो शैलीमा फिफाको आलोचना गरेका छन् । नेयमारको पहिलो ट्विट छ, ‘टेनिसले […]

24 views

0 Bookmark

एजेन्सी – बायर्न म्युनिखका रोबेर्टो लेवान्डोवस्की, युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लिओनल मेस्सी द वेष्ट अवार्डको अन्तिम ३ मा छनोट हुँदा नेयमार भने त्यसमा पर्न असफल भएका छन् ।

फिफाले अन्तिम ३ को नामावली सार्वजनिक गरेको केहि समयपछि नेयमारले लगातार दुई ट्विट गर्दै घुमाउरो शैलीमा फिफाको आलोचना गरेका छन् । नेयमारको पहिलो ट्विट छ, ‘टेनिसले काम गर्न छाडेपछि म बास्केटबलमा खेल्न थालेको छु ।’ त्यसको ६ मिनेटपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्डले अर्को ट्विट गरे । दोस्रोमा उनले लेखे, ‘मैले बास्केटबल पनि छाडें । अब म गेमर हुँ ।’

नेयमारले यसअघि नै आफ्ना पूर्व सहकर्मी थिएगो सिल्भासँग द इन्टरनेसनल फेडेरेसन अफ फुटबल एन्ड स्टाटिस (आइएफएफएचएस) को उत्कृष्ट ११ को घोषणमा ठट्टा गरेका थिए । त्यसमा पनि नेयमार समावेश थिएनन् । त्यति बेला थिएगोले लेखेका थिए, ‘नेयमार एनबिएको बन्द प्रशिक्षणमा थिए ।’ त्यसमा नेयमारको जवाफ थियो, ‘मलाई उनीहरुले भर्ती गरे ।’

यसैबीच, नेयमारका पिताले इन्स्टाग्राममा उनको समर्थनमा लेखेका छन् । फिफाले अन्तिम ३ को नाम सार्वजनिक गरेपछि नेयमारका पिताले लेखे, ‘तिमी हाम्रो लागि सधैं उत्कृष्ट प्रतियोगिता, क्लब र उत्कृष्ट खेलाडीको रुपमा रहनेछौं ।’

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.