default_image

3 years ago

January 20, 2021

अलाबा रियल म्याड्रिड आउने पक्का

एजेन्सी – जर्मन महारथी बायर्न म्युनिखका अष्ट्रियन डिफेन्डर डेभिड अलाबा स्पेनिस क्लब रियल म्याड्रिड आउने पक्का भएको छ । स्पेनिस पत्रिका मार्काका अनुसार अलावा अर्काे समरको सुरुमै म्याड्रिडमा चार वर्षको लागि अनुबन्ध हुनेछन् । उनी अर्काे समरमा रियलमा अनुबन्ध हुने पहिलो खेलाडी बन्नेछन् । उनको वार्षिक पारिश्रमिक ११ मिलियन युरो रहने बुझिएको छ । यसमा […]

89 views

0 Bookmark

एजेन्सी – जर्मन महारथी बायर्न म्युनिखका अष्ट्रियन डिफेन्डर डेभिड अलाबा स्पेनिस क्लब रियल म्याड्रिड आउने पक्का भएको छ ।

स्पेनिस पत्रिका मार्काका अनुसार अलावा अर्काे समरको सुरुमै म्याड्रिडमा चार वर्षको लागि अनुबन्ध हुनेछन् । उनी अर्काे समरमा रियलमा अनुबन्ध हुने पहिलो खेलाडी बन्नेछन् । उनको वार्षिक पारिश्रमिक ११ मिलियन युरो रहने बुझिएको छ । यसमा बढ्न सक्ने अनुमान गरिएको छ ।

२८ वर्षीय सेन्टरब्याक अलाबा अनुबन्धको लागि युरोपका ठुला क्लब म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन (पीएसजी), लिभरपुल र चेल्सीले चासो देखाएपनि उनले रियलमा जाने निर्णय गरेको उनका एजेन्ट पिनी जाहाभीले बताएका छन् । उनले बायर्नमा १० सिजन बिताइसकेका छन् ।

अलाबालाई बायर्नले क्लबमै राख्न तीन अफरको प्रस्ताव गरेपनि उनले आउदो समरसँगै क्लब छाड्ने निर्णयमा पुगेका हुन् । बायर्नका अध्यक्ष कार्ल हेन्ज रुमिनेगीले गत अक्टोवर र नोभेम्वरमा उनी र उनका एजेन्टसँग छलफल गरेपनि उनीहरु सहमति नसकेको बताएका छन् ।

२००८–२००९ मा बायर्नमा आएका भर्सटाइल डिफेन्डर अलाबाले त्यसपछि लोनमा ६ महिना अर्काे जर्मन क्लब होफेनहाइनमा पुगेका थिए । त्यसपछि उनी निरन्तर बायर्नमै रहेका छन् ।

अलाबाले बायर्नका लागि हालसम्म ४०८ खेलमा ३२ गोल र ४९ असिस्ट दिदा २३ उपाधि जितेका छन् । जसमा दुई च्याम्पियन्स लिग, ९ जर्मन बुन्डेसलिगा, ६ डिएफवी पोकल, ३ जर्मन सुपर कप, २ युइएफए सुपर कप र एक क्लब विश्वकप रहेका छन् ।

अलावालाई युरोपमा उत्कृष्ट डिफेन्डरको रुपमा हेरिएको छ । कप्तान तथा सेन्टर ब्याक सर्जियो रामोस ३४ वर्ष पार गरिसकेकाले रियलले । रियलले सेन्टर ब्याकमा पोउ टोरेस, जुलेस कोउन्डे र डिएगो कार्लाेसलाई पनि नजर लगाएपनि म्याड्रिड अलाबा अनुबन्धमा पुगेको हो ।

रियलमा राफयल भरान र नाचो फर्नान्डेजको सम्झौता २०२२ सम्म रहेको छ । ५० मिलियन युरोमा अनुबन्ध भएका इडर मिलिटाओले रियलमा अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.