default_image

3 years ago

January 20, 2021

रोमालाई हराउदै स्पेजिया क्वाटरफाइनलमा

एजेन्सी – सिरी ‘ए’ प्रतिद्धन्द्धी रोमामाथि अतिरिक्त समयमा जित निकाल्दै स्पेजिया कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेजियाले ९ खेलाडीमा समेटिएको रोमामाथि अतिरिक्त समयमा ४–२ को जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो । स्पेजियाको क्वाटरफाइनल यात्रामा रिकार्डाे सापोनाराले दुई तथा एन्ड्रे गालाविनोभ र ड्यानिले भर्डीले समान एक गोल गरे । रोमाका लोरेन्जो […]

44 views

0 Bookmark

एजेन्सी – सिरी ‘ए’ प्रतिद्धन्द्धी रोमामाथि अतिरिक्त समयमा जित निकाल्दै स्पेजिया कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्पेजियाले ९ खेलाडीमा समेटिएको रोमामाथि अतिरिक्त समयमा ४–२ को जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो । स्पेजियाको क्वाटरफाइनल यात्रामा रिकार्डाे सापोनाराले दुई तथा एन्ड्रे गालाविनोभ र ड्यानिले भर्डीले समान एक गोल गरे । रोमाका लोरेन्जो पलिग्रेनी र हेनरिक मिख्टरयानको गोल सान्वता बन्यो ।

घरेलु मैदानमा २–० ले पछि परेको अवस्थामा रोमाले उत्कृष्ट पूनरागमन गर्दै खेललाई अतिरिक्त समयमा धकेलेपनि हार टार्न सकेन । खेलको छैटौं मिनेटमा नै एन्ड्रे गालाविनोभले पेनाल्टीम गोल गर्दै स्पेजियालाई अघि बढाएका थिए । १५औं मिनेटमा रिकार्डाे सापोनाराले गोल गर्दै स्पेजियाको अग्रता दोब्बर पारे ।

४३औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को अवस्थामा ल्याए । ७३औं मिनेटमा हेनरिक मिख्टरानले बोर्जा मायोरलको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेल अतिरिक्त समयमा लम्बिदा रोमा दुई मिनेटको अन्तरमा ९ खेलाडीमा समेटिन पुग्यो ।९१औं मिनेटमा जियानलुका मान्सिनी दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिदा ९२औं मिनेटमा पाउ लोपेज सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिए ।

त्यसको फाइदा स्पेजियाले उठाउन सफल भयो । १०७औं मिनेटमा डनिले भर्डीले गोल गर्दै खेललाई ३–२ ले अघि बढाए । ११९औं मिनेटमा रिकार्डाे सापोनाराले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–२ को जित दिलाए ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.