5 years ago
January 23, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बन्दले खेलकुदमा मिश्रित प्रभाव परेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी राष्ट्रिय महिला लिगमा शनिबारका लागि तय दुई खेल स्थागित भएका छन् ।

अर्को तर्फ नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी प्रधानमन्त्री कप एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबारका लागि तय दुवै खेल जारी छन् । कीतिपुरस्थित टियू मैदानमा एपिएफ र कर्णाली प्रदेशबीच तथा मुलपानी मैदानमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा भईरहेको छ ।
सुदूरपश्चिम लुम्बिनीविरुद्ध ६२ रनमा अल आउट भएको छ । टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिम २७.४ ओभरमा ६२ रनमा अल आउट भएको हो ।
विप्लव समूहले आयोजना गरेको बन्दका कारण आजका लागि तय वालिङ नगरपालिका र त्रिभुवन आर्मी फुटबल क्लब तथा नेपाल एपिएफ क्लब र विराटनगर नगरपालिका मोरङबीच खेल स्थगित भएको हो । शनिबारका खेल स्थगित भएपनि एन्फाले अन्य खेल तालिका अनुसार नै हुने जनाएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]