default_image

3 years ago

January 28, 2021

रोनाल्डोविनै युभेन्टसको सानदार जित

एजेन्सी – दोस्रो श्रेणीको एसपालमाथि सानदार जित निकाल्दै युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले आफ्नो स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोविना एसपालमाथि ४–० को फराकिलो जित निकालेका हो । युभेन्टसको फराकिलो जितमा अल्भारो मोराटा, जियानलुका फ्राबोट्टा, डिजान कुलुसेभ्स्की र फेडरिको चियसाले गोल गरे । पहिलो र दोस्रो हाफमा […]

46 views

0 Bookmark

एजेन्सी – दोस्रो श्रेणीको एसपालमाथि सानदार जित निकाल्दै युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले आफ्नो स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोविना एसपालमाथि ४–० को फराकिलो जित निकालेका हो । युभेन्टसको फराकिलो जितमा अल्भारो मोराटा, जियानलुका फ्राबोट्टा, डिजान कुलुसेभ्स्की र फेडरिको चियसाले गोल गरे । पहिलो र दोस्रो हाफमा समान २ गोल भएको थियो।

एलिएन्ज स्टेडियम टोरिनोमा घरेलु टोलीले खेलको १६औं मिनेटमा अल्भारो मोराटाको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । एड्रिएन राबिओटमाथि भिकारीले फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै युभेन्टसलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा मोराटा चुकेनन् ।

३३औं मिनेटमा जियानलुलका फ्राबुट्टाले डिजान कुलुसेभ्स्कीको पासमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । ७८औं मिनेटमा कुलुसेभ्स्कीले फेडरिको चियसाको पासमा गोल गर्दै युभेन्टसलाई फराकिलो जिततर्फ अग्रसर गराए ।

९०औ मिनेटमा चियसाले कोसिमो मार्काे दा ग्राकाको पासमा गोल गर्दै युभेन्टसलाई ४–० को फराकिलो जित दिलाए । यस खेलमा प्रशिक्षक आन्द्र पिर्लाेले रोनाल्डोलाई विश्राम दिएका थिए ।

अब युभेन्टसले सेमिफाइनलमा इन्टरमिलानको सामना गर्नेछ । इन्टरले एसी मिलानलाई २–१ हराउदै अन्तिम चारमा स्थान पक्का गरेको थियो । सेमिफाइनल १० फेब्रुअरीमा हुनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.