default_image

3 years ago

January 28, 2021

सावित्राको ह्याट्रिकमा एपिएफको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – गोल मेसिन सावित्रा भण्डारी ‘साम्वा’ को ह्याट्रिक सहयोगमा नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा लगातार चौथो जित दर्ता गर्दा विभागीय नेपाल पुलिस क्लबमाथि सहज जित हात पारेको छ । एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा एपिएफले पुलिसमाथि ३–० को सहज जित निकालेको हो । खेलको पाँचौ मिनेटमा कप्तान अनिता बस्नेतले […]

57 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गोल मेसिन सावित्रा भण्डारी ‘साम्वा’ को ह्याट्रिक सहयोगमा नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा लगातार चौथो जित दर्ता गर्दा विभागीय नेपाल पुलिस क्लबमाथि सहज जित हात पारेको छ ।

एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा एपिएफले पुलिसमाथि ३–० को सहज जित निकालेको हो । खेलको पाँचौ मिनेटमा कप्तान अनिता बस्नेतले गोलरक्षक अघि बढेको अवस्थामा गरेको प्रहार पोस्टमाथिबाट थोरै आकासिदा एपिएफ अग्रता लिनबाट चुक्यो ।

१५औं मिनेटमा सावित्रा भन्डरीको पेनाल्टी बक्स बाहिररको सशक्त प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ३०औं मिनेटमा निरु थापाको प्रहार निकै फितलो बन्दा पुलिसले अग्रता लिन सकेन ।

३२औं मिनेटमा सावित्रा भण्डारी ‘साम्वा’ को गोलमा एपिएफले खेलमा १–० को अग्रता लिन सफल भयो । अनिता केसीको पासमा सावित्राले डिफेन्डर मनी गुरुङ र गोलरक्षक सपना राईलाई बिट गर्दै गोल गर्न सफल भएकी थिइन् ।

५२औं मिनेटमा सावित्राको प्रहारलाई गोलरक्षक सपना राईले बचाइन् । ५६औं मिनेटमा सावित्राले सरु लिम्बुको पासमा गोल गर्दै एपिएफको अग्रता दोब्बर पारिन् । मैदानको मध्यभागबाट एक्लै बल अघि बढाउदै तीन डिफेन्डरलाई दिएको छलाउदै सरुलाई दिएको पासमा सावित्राले पेनाल्टी बक्सबाट गरेको प्रहारलाई पुलिसका गोलरक्षक सपना राईले रोक्ने कुनै मौका नै पाइनन् ।

८४औं मिनेटमा सावित्राले अनिता केसीको पासमा ह्याट्रिक पुरा गर्दै एपिएफलाई ३–० ले अघि बढाइन् । जारी लिगमा उनको यो तेस्रो ह्याट्रिक हो । उनले यसअघि चन्द्रपुर र विराटनगरविरु४ ह्याट्रिक पुरा गरेकी थिइन् । यो गोलसँगै सावित्राले लिगमा आफ्नो गोलसङ्ख्या १० पु¥याएको छ । उनी सर्वाधिक गोलकर्ताको अग्रस्थानमा रहेकी छन् । सावित्रा नै खेलको प्लेयर अफ दि म्याच घोषित भइन् । उनले ५ हजार प्राप्त गरिन् ।

यस जितसँगै अपराजित रहेको एपिएफको ४ खेलबाट १२ अंक पुगेको छ । एपिएफले दोस्रो स्थानको पुलिस र तेस्रो स्थानको वालिङ नगरपालिकालाई ७ अंकले पछि पारेको छ । पुलिस र वालिङको समान ५ अंक छ ।

बिहीबारै वालिङ नगरपालिका स्याङ्जाले चौदन्डीगढी नगरपालिका उदयपुरमाथि १०–० को फराकिलो जित निकालेको थियो । वालिङको जितमा क्यामरुनी मेथो एलुड रुथले दोहोरो ह्याट्रिक पुरा गर्दा सम्झना शर्माले दुई तथा टोेउटा नोउल्ली र मनमाया दमाईले समान एक गोल गरेकी थिइन् ।

लिगमा शुक्रबार चन्द्रपुर नगरपालिका रौतहट र त्रिभुवन आर्मी फुटबल क्लबबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.