default_image

5 years ago

February 22, 2021

फ्रेन्चाइज फुटबल ‘नेपाल सुपर लिग’ वैशाखमा

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा नेपाल स्पोर्टस् एण्ड एभेन्ट्स म्यानेजमेन्टले फ्रेन्चाइज लिग नेपाल सुपर लिग फुटबल आयोजना गर्ने दुई वर्षअघि नै घोषणा गरेको थियो । तर, त्यो आयोजना हुन सकेको थिएन ।

२०७६ कै वैशाख र जेठमा आयोजना गर्ने गरि एन्फा र म्यानेजमेन्टबीच २०७५ को पुसमा सम्झौता भएको थियो । त्यति बेलाको सम्झौताले बल्ल यसपटक मुर्त रुप लिन लागेको हो । पूर्व निर्धारित समयमा भन्दा दुई वर्षपछि सुपर लिग आयोजना हुने भनिएको छ । म्यानेजमेन्टले सोमबार पत्रकार सम्मेलन गर्दै २०७८ को वैशाखमा सुपर लिग आयोजना गर्ने घोषणा गरेको छ । वैशाख ११ देखि २५ सम्म दशरथ रंगशालामा प्रतियोगिता गर्ने तयारी रहेको छ ।

क्रिकेट फ्रेन्चाइज लिग इपिएल, डिपिएल र पिपिएलमा जस्तै सुपर लिगका लागि पनि खेलाडीको अक्सन हुने बताएको छ । सुपर लिगमा ७ टोलीले प्रतिस्पर्धा गर्ने बताइएको छ । एन्फाका अनुसार लिगमा सहभागिता जनाउने टिमको नाम, तयारी र प्रायोजकहरु नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले हेर्नेछ ।

एन्फाले नेपाली फुटबलको दिगो विकास र विस्तार गर्न विकेन्द्रीकरण नीति अनुसार उपत्यका बाहिर सातै प्रदेशमा फुटबल विकासका लागि लिग गर्न लागेको जनाएको छ । सम्झौताका समयमा भने फ्रेन्चाइज लिग प्रादेशिक अवधारणा गरिइने बताइएको थियो । तर अहिले सहरको आधारमा टोली बन्ने भनिएको छ ।

फ्रेन्चाइज लिगका लागि एन्फाले हाल १४ ‘ए’ डिभिजन क्लबबाट उत्कृष्ट १ सय ४० खेलाडी छनोट गरेर सबै प्रदेशलाई बाँड्दै टिम बनाउने बताएको थियो । प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा खेलाइने जनाएको छ ।

हरेक टोलीमा विभिन्न श्रेणीका २० खेलाडी रहने र खेलाडीको श्रेणी एन्फाको सहकार्यमा छुट्टाइने म्यानेजमेन्टले जनाएको छ । हरेक टोली ३ जना राष्ट्रिय खेलाडी राख्न पाउने र मैदानमा २ खेलाडी सम्म उतार्न पाइने प्रावधान गरिने बताएको छ । सुपर लिगमा सहभागी टोलीको नाम र टोलीको मालिकको जानकारी यसै महिना भित्र गरिने पनि सोही अवसरमा बताइएको छ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटबल विकासका लागि जति बढि प्रतियोगिता हुन सक्यो त्यति राम्रो भएको जनाउँदै भने, सुपर लिगमा खेलाडीहरु अनुबन्धन गर्न पाउने हुँदा सम्बन्धित क्लबको आर्थिक भारमा कमी हुने विश्वास गरेका छौं । कम्तीमा दुई महिनाका लागि भए पनि उनीले खेलाडीलाई विक्री गर्न वा अक्सनमा पठाउन सक्ने हुन्छ ।’

म्यानेजमेन्टका सुदीप शर्माले सुरुमा टोलीको नाम प्रदेशका हिसाबले राक्ने योजना भएपनि छलफल पछि प्रदेशको सहरको नाममा राख्न उपयुक्त हुने सुझाव भएपछि त्यहि अनुसार अघि बढिएको जानकारी दिए । उनले टोलीहरुले आफ्नो नामको अगाडि वा पछाडि प्रायोजकको नाम पनि राख्न सकिने प्रावधान राखिएको जानकारी दिए ।

पहिलो वर्ष परिक्षणका रुपमा रहेकोले थोरै समयमा प्रतियोगिता आयोजना गर्न लागिएको उल्लेख गर्दै भने,‘ हामी यसै पनि सुपर लिग गर्न ढिलाई भइसकेका छौं । कम्तीमा यो पटक सुरुवात गर्ने र अर्को वर्षदेखि सम्भव भएका ठाँउमा होम एन्ड अवेका आधारमा गर्ने अनि थप व्यवस्थित गर्दै जानेछौं ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.