default_image

3 years ago

February 24, 2021

बायर्नको सानदार जित

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगमा जर्मन च्याम्पियन बायर्नले लाजियोको मैदानमा सानदार जित दर्ता गरेको छ । रोबर्ट लेवान्डोस्कीको प्रभावशाली प्रदर्शनमा बायर्न ४-१ ले विजयी रहयो । खेलको नवौं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले डिफेन्समा तालमेल नमिलेको फाइदा उठाउँदै सहज गोल गरेका थिए […]

50 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगमा जर्मन च्याम्पियन बायर्नले लाजियोको मैदानमा सानदार जित दर्ता गरेको छ । रोबर्ट लेवान्डोस्कीको प्रभावशाली प्रदर्शनमा बायर्न ४-१ ले विजयी रहयो ।

खेलको नवौं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले डिफेन्समा तालमेल नमिलेको फाइदा उठाउँदै सहज गोल गरेका थिए । उनले आफ्नो च्याम्पियन्स लिग करिअरको ७२ औं गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडी सुचिमा रियल म्याड्रिडका लेजेण्ड राउललाई पनि उछिने । उनी समग्रमा क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीपछि तेस्रो स्थानमा छन् ।

खेलको २४ औं मिनेटमा लिओन गोरेट्जकाको पासलाई सदुपयोग गर्दै जमाल मुसियालाले बायर्नको अग्रता दोब्बर पारे । १७ वर्षीय इंग्लिस मिडफिल्डर उक्त गोलसँगै प्रतियोगितामा गोल गर्ने बायर्न तथा इंग्ल्याण्डका सबैभन्दा कान्छा खेलाडी समेत बने । मुसियालाले अन्तर्राष्ट्रिय स्तरमा दुवै जर्मनी र इंग्ल्यान्डबाट खेल्न योग्य छन् ।

लेरोय सानेले पहिलो हाफ सकिन ३ मिनेट बाँकी हुँदा अर्को गोल थपे । कोमानको प्रहारलाई गोलरक्षक रेइनाले बचाएपछि रिबाउन्डमा सानेले गोल गरे । दोस्रो हाफको ४७ औं मिनेटमा सानेकै प्रहार डिफेन्डर फ्रान्सेस्को अचेरबीलाई लाग्दै आत्मघाती गोल हुँदा बायर्न ४-० ले अघि बढ्यो । एन्जल कोर्रियाले ४९ औं मिनेटमा गोल फर्काएपनि नतिजा भने बदल्न सकेनन् ।

खेलको दोस्रो लेग अब १७ मार्चमा हुनेछ । लाजियो २१ वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेपनि उक्त यात्रा अन्तिम १६ मा नै समाप्त हुने देखिन्छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.