default_image

3 years ago

February 24, 2021

च्याम्पियन्स लिग- रियललाई एट्लान्टाको चुनौती

एजेन्सी – एट्लान्टाविरुद्ध आज राती हुने च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा खेलाडीलाई लिएर कुनै जोखिम नउठाने रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले प्रष्ट पारेका छन् । खेल नेपाली समय अनुसार राती १ः४५ बजे सुरु हुनेछ । ला लिगामा शनिबार रियल भालाडोलिडलाई १–० हराउँदा रियलका पहिलो रोजाईका ९ खेलाडी त्यसमा थिएनन् । जस मध्ये एक […]

43 views

0 Bookmark

एजेन्सी – एट्लान्टाविरुद्ध आज राती हुने च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा खेलाडीलाई लिएर कुनै जोखिम नउठाने रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले प्रष्ट पारेका छन् । खेल नेपाली समय अनुसार राती १ः४५ बजे सुरु हुनेछ ।

ला लिगामा शनिबार रियल भालाडोलिडलाई १–० हराउँदा रियलका पहिलो रोजाईका ९ खेलाडी त्यसमा थिएनन् । जस मध्ये एक थिए टोलीका सर्वाधिक गोलकर्ता करिम बेन्जेमा । ती ९ खेलाडी विनै रियल इटाली पुगेको छ ।

१३ पटकको युरोपियन च्याम्पियन टोलीमा बुधबारको खेलअघि सिरिनय टोलीका ११ खेलाडी मात्र फिट छन् । ‘हामी कहिल्यै जोखिम लिदैनौं, ‘बेन्जेमाका विषयमा जिदानले भने, ‘यदि यो च्याम्पियन्स लिग फाइनल वा लिगको अन्तिम खेल हुन्थ्यो र त्यसले उपाधिमा प्रभाव पार्थ्यो भने हामी उनलाई खेलाउँथ्यौं होला । तर अहिले त्यस्तो होइन, त्यसका लागि लामो यात्रा तय गर्नुछ ।’

चोटकै कारण रियलका इडन हाजार्ड, सर्जियो रामोस, डानी कार्भाजाल, मार्सेलोले पनि नकआउट चरणको पहिलो लेग गुमाउने छन् । एट्लान्टाका प्रशिक्षक गिए पिरो गास्पेर्नीले गत सिजन क्वार्टरफाइनलमा पुगेको स्मरण गर्दै स्पेनिस बलियो टोलीलाई कडा चुनौती पेश गर्ने बताएका छन् ।

‘हामी आफ्नो विशेषता बदल्ने छैनौं । त्यसै कारण त हामी च्याम्पियन्स लिगको नकआउट चरणमा छौं । त्यसैले इटालीमा प्रतिस्पर्धात्मक खेल हुनेछ,’ उनले भने, ‘हामी टोलीमा परिवर्तन गर्ने छैनौं । हामी उत्कृष्ट टोलीविरुद्ध बलियो चुनौती पेश गर्नका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछौं ।’

रियलले पछिल्लो समय च्याम्पियन्स लिगमा पनि राम्रो प्रदर्शन गरिरहेको तर्फ संकेत गर्दै गास्पेर्नीले भने, ‘केहि साता यता उनीहरुले स्तरिय प्रदर्शन गर्दै आएका छन् ।’

‘हालान्ड कि एम्बाप्पे?’, क्रुसको उत्तर-‘बेन्जेमा’

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.